बुधबार, भदौ ३, २०८३

झापामा ट्याक्टरबाट लडेर युवकको मृत्यु

झापामा गुडिरहेको ट्याक्टरबाट लडेर युवकको ज्यान गएको छ।
 |  शनिबार, फागुन ३, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ३, २०७६

झापा– झापामा गुडिरहेको ट्याक्टरबाट लडेर युवकको ज्यान गएको छ।

ज्यान गुमाउनेमा बाह्रदशी गाउँपालिका–२, गच्छीमारीका २० वर्षीय सुनिल मुर्मु रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बाह्रदशी गाउँपालिकास्थित गच्छीमारीको भित्री सडकखण्डमा गुडिरहेको मे१त ६८२३ नम्बरको ट्याक्टरमा सवार मुर्मु लडेर गम्भीर घाइते भएका थिए।

घाइतेलाई उपचारका लागि तत्काल भद्रपुरस्थित मेची अस्पताल लैजाने क्रममा उनको ज्यान गएको प्रहरीले जनाएको छ।

ट्याक्टर र ट्याक्टर चालक इलाका प्रहरी कार्यालय, राजगढको नियन्त्रणमा छ।

प्रकाशित: Feb 15, 2020| 11:58 शनिबार, फागुन ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।