बुधबार, भदौ ३, २०८३

सरकारको दुई वर्ष : आक्रामक योजना, फितलो कार्यान्वयन

शनिबार काठमाडौंबाट प्रकाशित राष्ट्रिय दैनिकले आज ओली सरकारले पूरा गरेको दुई वर्षको समीक्षा सम्बन्धी समाचारलाई विशेष स्थान दिएका छन् भने कोरोनाका विषयलाई पनि प्राथमिकतामा पारेका छन्।
 |  शनिबार, फागुन ३, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ३, २०७६

काठमाडौं - शनिबार काठमाडौंबाट प्रकाशित राष्ट्रिय दैनिकले आज ओली सरकारले पूरा गरेको दुई वर्षको समीक्षा सम्बन्धी समाचारलाई विशेष स्थान दिएका छन् भने कोरोनाका विषयलाई पनि प्राथमिकतामा पारेका छन्।

अन्नपूर्ण पोष्टले कोरोनाका कारण विश्व अर्थतन्त्रमा परेको असरलाई प्रमुख विषय बनाउँदै विश्व अर्थतन्त्रमा कोरोनाको कहर शिर्षकमा समाचार प्रकाशन गरेको छ भने कान्तिपुरले ओली सरकारको दुई वर्षको समीक्षा गर्दै ओर्लंदो ओज शिर्षकमा समाचार छापेको छ। यस्तै नयाँ पत्रिका ले पनि ओली सरकारकै समिक्षा गर्दै आक्रामक योजना, फितलो कार्यान्वयन शिर्षकमा समाचार प्रकाशन गरेको छ। यस्तै नागरिकले प्रदेश सरकारको दुई वर्ष अलमलमै शिर्षकमा समाचारलाई प्राथमिकतामा राखेको छ।

नयाँ पत्रिका लेख्छ, नेपाल कम्युनिष्ट पार्टी नेकपा नेतृत्वको करिब दुईतिहाइ बहुमतको सरकारले दुई वर्ष पूरा गरेको छ। संघीयता कार्यान्वयनको चुनौती सामना गर्दै महत्वाकांक्षी योजनाका साथ अघि बढीरहेको सरकारले जनआकांक्षाअनुरुप परिणाममुखी काम गर्न भने सकेको छैन।

प्रधानमन्त्री केपी शर्मा ओलीले दुई छिमेकी देशसँग रेलमार्गबाट जोडिने देखि ध्वजावाहक पानीजहाज समुद्रमा कुदाउनेसम्मका महत्वाकांक्षी नारा अगाडि सार्दै कार्यकालको सुरुवाती दिनमा निकै चर्चा बटुले। तर, दुई वर्ष सकिँदासम्म उनका आकर्षक योजनाले अपेक्षाकृत आकारसमेत लिन सकेका छैनन्।

समाजिक सुरक्षा कोषले अपेक्षाकृत गति लिन सकेको छैन भने प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट दुरुपयोग भएको गुनासो जनस्तरबाटै आएको छ। संघीयता कार्यान्वयन, भूकम्पपछिको पुनर्निमाण कनेक्टिभीटी, वैदेशिक सम्बन्धमा सुधार, आर्थिक वृद्धि, सूचना प्रविधि क्षेत्रको तीव्र विकास, निर्यातमा सुधारलगायत थुप्रै उल्लेखनीय काम भएको सरकारको दाबी छ। तर, ‘समृद्ध नेपाल : सुखी नेपाली’ को मूल नारासहित देशलाई त्यसतर्फ अघि बढाउने प्रतिवद्धतासहित अघि बढेको सरकारको प्राथमिकताका क्षेत्र र महत्वपूर्ण आयोजनाको कार्यसम्पादन भने समग्रमा निराशाजनक छ।

सुशासनको ‘टुल्स’ बन्द गर्दै सरकार

सरकारी कारोबारको बिल सार्वजनिक गर्न बन्द

मन्त्रिपरिषद् कार्यालयको दराजमा थन्कियो सदाचार नीति

सार्वजनिक गर्न छाडियो मन्त्रीका सम्पत्ति

कर्मचारी थन्क्याउने डस्टबिन बनाइँदै सतर्कता केन्द्र

जनताका गुनासो आउने हेलो सरकार निष्क्रिय

विदेश भ्रमण व्यवस्थापन हुन सकेन

प्रकाशित: Feb 15, 2020| 07:08 शनिबार, फागुन ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।