सोमबार, चैत ९, २०८२

एसिसी पूर्वी क्षेत्रीय क्रिकेटका लागि टोलीको घोषणा

नेपाल क्रिकेट सङ्घ (क्यान)ले थाइल्यान्डमा हुने एसिसी पूर्वी क्षेत्रीय पुरुष टी ट्वान्टी क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ। क्यानले आगामी फागुन १५ देखि २३ गतेसम्म हुने उक्त प्रतियोगिताका लागि १४ सदस्यीय टोलीको घोषणा गरेको हो।
 |  शनिबार, फागुन ३, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ३, २०७६

काठमाडौं - नेपाल क्रिकेट सङ्घ (क्यान)ले थाइल्यान्डमा हुने एसिसी पूर्वी क्षेत्रीय पुरुष टी ट्वान्टी क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ। क्यानले आगामी फागुन १५ देखि २३ गतेसम्म हुने उक्त प्रतियोगिताका लागि १४ सदस्यीय टोलीको घोषणा गरेको हो।

National life

ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको टोलीमा उपकप्तान दीपेन्द्रसिंह ऐरी, पारस खड्का, विनोद भण्डारी, आरिफ शेख, करण केसी, सन्दीप लामिछाने, अभिनाश बोहोरा, सुशन भारी, कुशल मल्ल, पवन सर्राफ, भुवन कार्की, सन्दीप जोरा र किशोर महतो रहेका छन्। भुवनको चार वर्षपछि टोलीमा पुनरागमन भएको छ। सन् २०१३ मा पहिलोपटक राष्ट्रिय टोलीमा परेका उनले पछिल्लो पटक सन् २०१७ मा बङ्गलादेशमा भएको इमर्जिङ एसिया कप खेलेका थिए।

आइसिसी विश्वकप क्रिकेट लिग दुई खेलेका शरद भेषवाकर, सुवास खकुरेल, रोहितकुमार पौडेल र कमलसिंह ऐरी टोलीमा छैनन्। पवन, सन्दीप र किशोरलाई मौका दिइएको छ। नेपाली टोलीको प्रशिक्षकको जिम्मेवारी जगत टमाटालाई दिइएको छ। प्रतियोगितामा आयोजक थाइल्यान्डसहित नेपाल, सिङ्गापुर, हङकङ र मलेसियाले प्रतिस्पर्धा गर्नेछन्।

कोराना भाइरसका कारण चीन, भूटान र म्यान्मारले प्रतियोगितामा सहभागिता नजनाउने भएका छन्। कोरोना भाइरसको कारण देखाउँदै तीनवटै देशको सरकारले उक्त प्रतियोगिता खेल्न खेलाडीलाई अनुमति नदिएपछि तीनै देशले अन्तिम समयमा आएर प्रतियोगिता खेल्न नसक्ने आयोजक राष्ट्रसमक्ष जानकारी गराएका छन्।

पूर्वी क्षेत्रीय सो प्रतियोगितामा पुछारका तीन देश चीन, भूटान र म्यान्मार सहभागी नहुने भएपछि बाँकी पाँच देशको टोलीले मात्र प्रतिस्पर्धा गर्ने बताइएको छ। तीनवटै टोली क्रिकेटमा निकै कमजोर मानिन्छन्। प्रतियोगिताको फाइनल पुग्ने टोलीले आगामी अगस्टमा मलेसियामा हुने एसिया टी ट्वान्टी छनोटमा भाग लिनेछन्। उक्त छनोट प्रतियोगिताको विजेताले आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया टी ट्वान्टी कप प्रतियोगिता खेल्नेछ। एसिया टी ट्वान्टी कपमा छनोट भएर आउने टोलीसँगै भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तानबीच प्रतिस्पर्धा हुनेछ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Feb 15, 2020| 07:22 शनिबार, फागुन ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।