बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • 'राप्रपालाई सिद्धान्तनिष्ठ र आदर्शवादी पार्टी बनाउँछौं'

'राप्रपालाई सिद्धान्तनिष्ठ र आदर्शवादी पार्टी बनाउँछौं'

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बलियो एजेन्डाका बाबजुद संगठन कमजोर भएकोले अबको सम्पूर्ण ध्यान संगठन निर्माणमा केन्द्रीत गर्नुपर्नेमा जोड दिएका छन्।
 |  शनिबार, फागुन ३, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ३, २०७६

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बलियो एजेन्डाका बाबजुद संगठन कमजोर भएकोले अबको सम्पूर्ण ध्यान संगठन निर्माणमा केन्द्रीत गर्नुपर्नेमा जोड दिएका छन्।

काठमाडौं-५ क्षेत्रीय समितिद्वारा आज आयोजित कार्यक्रममा बोल्दै थापाले भने, 'हामिले तातै खाऔं भनेर अलि हतार गर्‍यौं, सरकारमा गएको आलोचना भयो, जनताले मन पराएनन्, विगतको कमजोरीलाई सुधारेर अब राप्रपालाई सिद्धान्तनिष्ठ र आदर्शवादी पार्टी निर्माण गरिन्छ।'

कांग्रेस, कम्युनिष्टले पटक-पटक अवसर पाएर पनि असफलता प्राप्त गरेको भन्दै थापाले कांग्रेस र कम्युनिष्टको विकल्पको रुपमा राप्रपालाई स्थापित गराउनुपर्ने आवश्यकता औंल्याए।

मुलुकको धरातलीय यथार्थलाई मध्यनजर गर्दा राप्रपाले बोकेको नीति, विचार र मार्गचित्र मुलुकको निमित्त उपयुक्त भएको थापाको जिकिर थियो।

प्रकाशित: Feb 15, 2020| 11:10 शनिबार, फागुन ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।