बुधबार, भदौ ३, २०८३

बैंकका शाखा प्रमुखलाई खुकुरीले काट्न खोज्ने पक्राउ

नेपाल बैंक लिमिटेड हेटौंडाका शाखा प्रमुखलाई खुकुरीले काट्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा हेटौंडा-४ चिल्ड्रेन पार्कका ४४ वर्षीय गजेन्द्रराज गिरी हुन्।
 |  शनिबार, फागुन ३, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ३, २०७६

काठमाडौं - नेपाल बैंक लिमिटेड हेटौंडाका शाखा प्रमुखलाई खुकुरीले काट्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा हेटौंडा-४ चिल्ड्रेन पार्कका ४४ वर्षीय गजेन्द्रराज गिरी हुन्।

गिरीले शुक्रबार दिउँसो शाखा प्रमुखलाई काट्छु भन्दै सिरुपाते खुकुरी देखाइरहेको अवस्थामा प्रहरीले पेस्तोल ताकेर गोली हान्ने चेतावनी दिएर नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए। गिरीले बा५च २६२५ नम्बरकोको कारमा दाबसहितको खुकुरी लिएर आएका थिए। शाखा प्रमुखले यसबारे तत्काल जिल्ला प्रहरी कार्यालयमा खबर गरेपछि सादा पोशाकमा प्रसनि नविन बिक्रम थापासहित खटिएको ५ जनाको टोलीले उनलाई पेस्तोल ताकी नियन्त्रणमा लिएको हो। उनको साथबाट प्रहरीले सिरुपाते खुकुरी एक थान, नाईनस्टिक एक थान, बेल्टको बक्कल फिट भएको चक्कु, स्टिलको चाबी रिङलगायतका सामान बरामद गरेको छ।

पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको र अनुसन्धान थालिएको मकवानपुर प्रहरीले जनाएको छ।

 

प्रकाशित: Feb 15, 2020| 09:04 शनिबार, फागुन ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।