बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपालीको उद्धार गर्न चीन उड्दै नेपाल एयरलाइन्सको वाइडबडी विमान

नेपालीको उद्धार गर्न चीन उड्दै नेपाल एयरलाइन्सको वाइडबडी विमान

सरकारले कोरोना भाइरसबाट प्रभावित चीनको वुहानबाट आज नेपालीलाई ल्याउन नेपाल एयरलाइन्सको वाइडबडी जहाज पठाउँदै छ। कोरोना भाइरसको प्रकोप रहेको चीनको बुहानबाट शनिबार १८५ जना नेपालीहरुलाई नेपाल ल्याउन नेपालबाट १७ जनाको टोली चीन जान लागेको हो।
 |  शनिबार, फागुन ३, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ३, २०७६

काठमाडौं - सरकारले कोरोना भाइरसबाट प्रभावित चीनको वुहानबाट आज नेपालीलाई ल्याउन नेपाल एयरलाइन्सको वाइडबडी जहाज पठाउँदै छ। कोरोना भाइरसको प्रकोप रहेको चीनको बुहानबाट शनिबार १८५ जना नेपालीहरुलाई नेपाल ल्याउन नेपालबाट १७ जनाको टोली चीन जान लागेको हो।

नेपाल वायुसेवा निगमको ३३०-२०० सिरिजको २७४ सिटे वाइडबडी जहाज अपराह्न ३ बजे त्रिभुवन विमानस्थलबाट वुहानका लागि उड्ने तालिका छ। साँझ ६:४५ मा वुहान पुग्ने र त्यसको दुई घन्टापछि नै काठमाडौं प्रस्थान गर्नेछ। नेपाली समयअनुसार आइतबार बिहान सवा २ बजे विमान नेपाल आइपुग्नेछ।

चीनबाट आइसकेपछि सबै नेपालीलाई विमानस्थलमा पुनः स्वास्थ्य परीक्षण गरिनेछ। विमानस्थलमा परीक्षण गर्दा ज्वरो, रुघाखोकी देखियो भने क्वारेनटाइनमा नलगि आइसोलेसन भएका अस्पतालतर्फ लगिनेछ। चीनबाट ल्याइएका नेपालीहरुलाई १४ दिन सम्म क्वारेन्टाइनमा राखिने छ । क्वारेनटाइमा समेत दिनहुँ स्वास्थ्य परीक्षण हुने र परीक्षणका क्रममा कुनै स्वास्थ्य समस्या देखा परे तत्काल आइसोलेसन वार्डका लागि पठाइनेछ। सरकारले कोरोना भाइरस सङ्क्रमितको उपचारका लागि सरकारी र निजी अस्पतालमा गरी १४७ वटा ‘आइसोलेशन वार्ड’ तयार पारेको छ।

चीनबाट खरिपाटीमा ल्याउने १८५ विद्यार्थीमध्ये ४४ महिलालाई एउटा ब्लकमा तथा पुरुषलाई दुईवटा भवनको ब्लकमा र श्रीमानश्रीमती भएकालाई छुट्टै राखिने गरी व्यवस्थापन गरिएको छ। चिकित्सकको टोली अर्को ब्लकमा राखिने छ। विमान चालक, सहचालक र परिचारिकालाई चाँगुनारायण नगरपालिका-६ नगरकोटको खानेपानी तालीम केन्द्रको भवनमा बनाइएको ब्लकमा राखिने भएको छ।

एउटा कोठामा एक मिटरको दूरीमा रहने गरी तीनवटा शय्या राखिएको छ। कूल चारवटा ब्लकमा १९९ वटा शय्या तयार पारिएको छ भने एक व्यक्तिका लागि दैनिक जीवनमा चाहिने सम्पूर्ण सामग्रीको व्यवस्था गरिएको छ।

नेपालमा ल्याइएका उनीहरुले तत्काल आफन्त तथा साथीभाइरहरुसँग भेट्न पाउने छैनन्।

प्रकाशित: Feb 15, 2020| 09:36 शनिबार, फागुन ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।