काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आज बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन्। शुक्रबार नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन भएपछि सम्बोधन स्थगित भएको थियो।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले सरकारको दुई वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री ओलीले भएगरेका काम तथा सरकारका उपलब्धिबारे जानकारी दिन सम्बोधन गर्न लागेका हुन्। प्रतिनिधिसभाको आज बिहान ११ बजे बस्ने बैठकमा ओलीले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।
ओली नेतृत्वमा २०७४ साल फागुन ३ गते वर्तमान सरकार गठन भएको थियो।