अर्थ एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले राजीनामा दिएका छन्। खतिवडाले मंगलबार मुख्य सचिव लोकदर्शन रेग्मीमार्फत् राजीनामा बुझाएका हुन्।
कोरोना फैलिएको सबै देशमा नेपालीहरु पनि छन्। केही समयअघि वुहानमा रहेका १७५ जना नेपालीहरुलाई सरकारले उद्धार गरेको थियो। उनीहरु दुई हप्ताको क्वारेन्टाइनपछि घर फर्किसेका छन् ।
हजुरबाले दिएका करिब २ सय भेडामध्ये अहिले मुकेशसँग १४० वटा छन् । यिनै भेडाको आम्दानीले उनी विराटनगरको नयाँ बजारमा डेरामा बस्ने आफ्ना भाइलाई भेटनरी शिक्षा पढाँउछन् ।
आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी कारागार चलान भएका छन्। जिल्ला अदालत सुनसरीमा मंगलबार आत्मसमर्पण गरेका गिरीलाई जिल्ला अदालतले कारागार चलान गरेको हो।