मंगलबार, असार ३०, २०८३

खप्तड गोल्डकप फाइनलः पहिलो हाफमा सुदूरपश्चिमको अग्रता

 |  मंगलबार, फागुन २०, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २०, २०७६

काठमाडौं– अन्तर्राष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनल खेलमा आयोजक सुदूरपश्चिम ११ र थ्रिस्टार क्लब प्रतिस्पर्धा गरिरहेका छन्।

फाइनल खेलको पहिलो हाफ सकिएको छ भने आधा खेल सकिँदा सुदूरपश्चिम एक गोलको अगाडि छ। युवा स्ट्राइकर विक्रम सिंह ठकुरीको गोलमा सुदूरपश्चिमले अग्रता बनाएको हो।

खेलको २८ औं मिनेटमा आयोजक सुदूरपश्चिमका तर्फबाट बिक्रमले पोस्ट नजिकैबाट प्रहार गरेको बललाई थ्रिस्टारका किपरले रोक्न नसकेपछि आयोजक टोलीले सुरुवाती अग्रता लियो।

त्यसपछि दबाबमा परेको थ्रिस्टारले आक्रामक खेल प्रस्तुत गरे पनि खेलमा फर्कन सकेको छैन।

लगातार दोस्रो पटक फाइनल पुगेको थ्रिस्टारले कुनै सिजनको खप्तड गोल्डकप जितेको छैन। उता आयोजक टोली भने पहिलोपटक फाइनलमा पुगेको हो।

प्रकाशित: Mar 03, 2020| 10:35 मंगलबार, फागुन २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।