बिहीबार, भदौ ४, २०८३

चीर ठड्याइएसँगै सुरु भयो होली, २६ र २७ गते बिदा

रंगहरुको पर्व होली औपचारिक रुपमा सुरु भएको छ । मंगलबार (आज) काठमाडौंको हनुमानढोकास्थित बसन्तपुरमा चीर ठड्याएसँगै होली सुरु भएको हो ।
 |  मंगलबार, फागुन २०, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २०, २०७६

काठमाडौं- रंगहरुको पर्व होली औपचारिक रुपमा सुरु भएको छ । मंगलबार (आज) काठमाडौंको हनुमानढोकास्थित बसन्तपुरमा चीर ठड्याएसँगै होली सुरु भएको हो ।

बिहान ७ बजेर ५७ मिनेटको साइतमा बसन्तपुरस्थित हनुमानढोका दरबारको दक्षिण पटाङगिनी, ऐतिहासिक मोहनकाजी चोक तथा दाखचोकमा ३२ फुट उचाइको रंगीविरङगी होली चीर ठड्याइएको छ।

चीर ठड्याएसँगै काठमाडौंलगायत देशभर औपचारिक रुपमा होली पर्व सुरु भएको मानिन्छ । होली पर्वको शुभारम्भ भएको जनाऊ दिन बसन्तपुरमा चीर ठड्याउने गरिएको पौराणिक मान्यता रहेको छ ।

होली पर्वलाई बसन्त ऋृतिको आगमनको खुसीयालीमा रंगसहित मनाउने पर्वको रुपमा लिने गरिएको छ ।

फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल पूणिर्मासम्म होली पर्व मनाउने गरिन्छ ।

होली मनाउँन संघीय सरकारले काठमाडौंलगायत पहाडी जिल्लाहरुमा फागुन २६ गते सोमबार र तराई मधेसका जिल्लाहरुमा २७ गते मंगलबार होली पर्वको सार्वजनिक विदा दिएको छ ।

होलीको अवसरमा प्रदेश २ मा भने दुई दिन सार्वजनिक बिदा दिइने भएको छ । फागुन २७ र २८ गते सार्वजनिक बिदा दिने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिएका छन् ।

प्रकाशित: Mar 03, 2020| 06:07 मंगलबार, फागुन २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।