बिहीबार, भदौ ४, २०८३

६ किलो सुनसहित एक भारतीय पक्राउ

६ किलो २ सय ८९ ग्राम सुनसहित मकवानपुर प्रहरीले एक भारतीयलाई पक्राउ गरेको छ।
 |  मंगलबार, फागुन २०, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २०, २०७६

काठमाडौं- ६ किलो २ सय ८९ ग्राम सुनसहित मकवानपुर प्रहरीले एक भारतीयलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत कर्नाकटका ४२ वर्षीय अब्दुल मजिद अनेकल हुन्। उनलाई सुनसहित प्रहरीले रातोमाटे चेकपोष्टमा पक्राउ गरेको मकवानपुर प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरले जानकारी दिए।

राठौरका अनुसार मंगलबार बिहान रातोमाटेमा काठमाडौंबाट बीरगंज तर्फ जाँदै गरेको यात्रुबाहक रात्री बसलाई चेकजाँचका क्रममा अब्दुलालाई उक्त सुनसहित पक्राउ गरिएको हो।

अब्दुलले उक्त सुन गाडीका पार्टस् जस्ता फलामको व्यरिङमा लुकाएर ल्याएको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उक्त परिणामको सुनको नेपाली बजार मुल्य ४ करोड सत्ताइस लाख अन्ठाउन्न हजार ७ सय रुपैयाँ रहेको प्रहरीले पत्रकार सम्मेलन गरी जनाइएको छ।

पक्राउ परेका अब्दुलमाथि थप अनुसन्धानका लागि सुनसहित राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइने प्रहरीले जनाएको छ।

प्रकाशित: Mar 03, 2020| 10:37 मंगलबार, फागुन २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।