एजेन्सी- कोरोनाभाइरस (कोभिड–१९) अहिले संसारका झण्डै ७० देशमा फैलिइसकेको छ।
यसको संक्रमणबाट बच्न मानिसहरु भेटघाटलाई पातलो बनाउँदै लगेका छन् भने सकेसम्म हात मिलाउन (ह्याण्डसेक) कम गर्ने गरेका छन्।
हालै जर्मनीका गृहमन्त्री होस्र्ट सोहीफोर र चान्सलर एन्जेला मर्केलको एउटा भिडियो सार्वजनिक भएको छ।
भिडियोअनुसार एउटा बैठकका क्रममा गृहमन्त्री अरु विशिष्ट व्यक्तिहरुसँग बसिरहेका हुन्छन्।
त्यहीबेला मर्केल पुग्छिन्। उनी सरासर गृहमन्त्री नजिक पुगेर ह्याण्डसेकका लागि हात दिन्छिन्। तर गृहमन्त्रीले हात मिलाउँदैनन् हात उठाएर अभिनन्दन गर्छन्।
उनको यो क्रियाकलापले बैठकमा उपस्थित भएकी मर्केललगायत सबै व्यक्ति हाँस्छन्।
यो घटनाक्रमका बारेमा गृहमन्त्रीले भनेका छन्, ‘कोरोनाभाइरसका कारण चान्सलरले पहिलेदेखि नै अरुसँग हात मिलाउन बन्द गर्नुभएको थियो। यो ठिक तरिका हो। गत हप्ता चान्सलर मर्केल आफ्नो संसदीय क्षेत्रको भ्रमणमा जाँदा पनि कसैसँग हात मिलाउनु भएको थिएन। त्यसैले मैले पनि उहाँलाई सहयोग पुग्ने गरी हात उठाएर अभिवादन गरेँ।’
मर्केलले पनि गृहमन्त्री सिहोफरको निर्णयलाई उपयुक्त निर्णय लिएको बताएकी छन्।
हेर्नुहाेस् भिडियाे
Das #Coronavirus ist in Berlin angekommen. Da sollte man besser auf das Händeschütteln verzichten – denken sich auch Kanzlerin #Merkel und Innenminister #Seehofer. pic.twitter.com/070ZaRK5Fy
— Bericht aus Berlin (@ARD_BaB) March 2, 2020