शुक्रबार, भदौ ५, २०८३

अर्थ एवम् सञ्चारमन्त्री खतिवडाद्वारा राजीनामा

अर्थ एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले राजीनामा दिएका छन्। खतिवडाले मंगलबार मुख्य सचिव लोकदर्शन रेग्मीमार्फत् राजीनामा बुझाएका हुन्।
 |  मंगलबार, फागुन २०, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २०, २०७६

काठमाडौं- अर्थ एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले राजीनामा दिएका छन्। खतिवडाले मंगलबार मुख्य सचिव लोकदर्शन रेग्मीमार्फत् राजीनामा बुझाएका हुन्।

राष्ट्रियसभामा गोलाप्रथाका आधारमा दुई वर्षे कार्यकाल पाएका खतिवडाले राष्ट्रियसभाको पदावधि सकिएलगत्तै राजीनामा बुझाएको उनको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्मा खतिवडाले २०७४ फागुन १४ गते अर्थमन्त्रीका रूपमा कार्यभार सम्हालेका थिए।

सरकारको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्य मनोनित भएका खतिवडाको गोलाप्रथाका आधारमा दुई वर्षे कार्यकाल परेको थियो।

उनी अर्को कार्यकालका लागि सरकारबाट सिफारिस हुने चर्चा चलिरहेका बेला राजीनामा दिएका हुन्।

नेकपा सचिवालयले भने सरकारको सिफारिसमा मनोनित हुने सदस्यमा वामदेव गौतमको नाम यसअघि नै सिफारिस गरिसकेको छ।

तर पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले खतिवडालाई राष्ट्रियसभा सदस्यमा पुनः दोहोर्याउने तयारी गरेको चर्चा भइरहेको छ।

प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि सोमबार अस्पताल भर्ना भएका छन्।

भ्रष्टाचार प्रकरणमा तत्कालीन मन्त्री गाेकुल बाँस्काेटाले राजीनामा दिएपछि खतिवडाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकाे पनि जिम्मेवारी सम्हालेका थिए।

प्रकाशित: Mar 03, 2020| 10:21 मंगलबार, फागुन २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।