बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संविधानसभा सदस्य धर्मप्रसाद घिमिरे भारतमा मृत भेटिए

संविधानसभा सदस्य धर्मप्रसाद घिमिरे भारतमा मृत भेटिए

तत्कालीन संविधानसभा सदस्य धर्मप्रसाद घिमिरे भारतमा मृत भेटिएका छन्।
 |  मंगलबार, फागुन २०, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २०, २०७६

काठमाडौं- तत्कालीन संविधानसभा सदस्य धर्मप्रसाद घिमिरे भारतमा मृत भेटिएका छन्।

झापाका पुराना कम्युनिष्ट नेतासमेत रहेका घिमिरे पश्चिम बङ्गालको बागडोग्रामा मृत भेटिएका हुन्।

६५ वर्षीय घिमिरे बागडोग्राको प्रहरी कार्यालय नजिक मंगलबार बिहान मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिए।

झापाको मेचीनगर–१३ दुहागढी घर भएका घिमिरेले केही वर्षदेखि डिप्रेसनको औषधि सेवन गरिरहेको पारिवारिक स्रोतले जनाएको छ।

घिमिरे तीन दिनअघि दाह्री काट्न भनेर घर नजिकैको चारआली बजार जान्छु भनेर निस्केपछि सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ। मृतकका भाइ नरेन्द्रले शव पहिचान गरेको प्रहरीले जनाएको छ।

भारतीय प्रहरीले घिमिरेको मृत्यु गाडीको ठक्करबाट भएको जानकारी दिएको प्रहरीले जनाएको छ। ठक्कर दिने गाडीको भने पहिचान नभएको भारतीय प्रहरीले जनाएको छ।

घिमिरे २०६४ सालको संविधानसभा चुनावमा झापा क्षेत्र नं १ मा तत्कालीन नेकपा माओवादीका तर्फबाट निर्वाचित भएका थिए।

घिमिरेले झापा विद्रोहपछि ९ वर्ष जेल जिवन बिताएका थिए। घिमिरे नख्खु जेल ब्रेक गर्ने माध्येका एक हुन्।

प्रकाशित: Mar 03, 2020| 08:19 मंगलबार, फागुन २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।