बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सरकारी कर्मचारीले नै दलित भन्दै कोठा छोड्न भनेपछि प्रहरीमा पर्‍यो उजुरी

सरकारी कर्मचारीले नै दलित भन्दै कोठा छोड्न भनेपछि प्रहरीमा पर्‍यो उजुरी

नेपाल सरकारको कर्मचारीको परिवारबाटै राजधानी काठमाडौंमा एक दलित छात्रालाई कोठा छोड्न दबाब परेपछि प्रहरीमा उजुरी परेको छ।
 |  मंगलबार, फागुन २०, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २०, २०७६

काठमाडौं- नेपाल सरकारको कर्मचारीको परिवारबाटै राजधानी काठमाडौंमा एक दलित छात्रालाई कोठा छोड्न दबाब परेपछि प्रहरीमा उजुरी परेको छ।

तारकेश्वर नगरपालिका-१० का घरबेटी श्रीकृष्ण विडारीको परिवारबाट जातीय विभेद भएको भन्दै एक दलित छात्राले प्रहरीमा उजुरी दिएकी हुन्।

कैलाली घर भई काठमाडौंमा अध्ययनरत दीपा नेपालीले आफू बसेको घरका मूलीविरुद्ध महानगरीय प्रहरी वृत्त बालाजुमा सोमबार उजुरी दिएको प्रहरीले जनाएको छ।

विडारीको घरमा कोठा भाडामा बसेलगत्तै घरबेटीले कथित अछूत जातको भन्दै कोठा छोड्न दबाव दिएपछि न्याय माग्दै प्रहरीमा उजुरी दिएको दीपाले बताएकी छिन्।

उजुरीमा दीपाले घरबेटीले जातीय भेदभाव गरेको र मानसिक यातना दिँदा अध्ययनमा बाधा पुगेको उल्लेख गरेको प्रहरीले जनाएको छ।

आफू विडारीको घरमा गत मंसिर १३ गतेदेखि बस्न थालेको र बसेकै साँझबाट दलित भएको थाहा पाएपछि घर छोड्न दबाब दिएको उनले उजुरीमा उल्लेख गरेकी छिन्।

बालाजु प्रहरी बृत्तका डिएसपी रञ्जितसिंह राठौरले दीपाले उजुरी दिएपछि घरबेटीसँग सम्पर्क गर्दा जागिरको शिलशिलामा दोलखामा रहेको बुझिएको बताए।

‘हामीले सम्पर्क गर्दा विडारी दोलखामा रहेको र बिहीबारमात्र काठमाडौं आउने भनेका छन्,’ राठौरले भने, ‘उनी आएपछि प्रहरीले बुझ्छ।’ दीपा अंग्रेजी विषयमा स्नातकोत्तर र कानुन विषयमा स्नातक अध्ययनरत छात्रा हुन्।

दीपा नेपालीको प्रश्न– जातकै कारण हामीले कहिलेसम्म अपमान सहनुपर्ने ?

प्रकाशित: Mar 03, 2020| 10:07 मंगलबार, फागुन २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।