सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दैलेखका गाउँपालिका अध्यक्ष अपहरित, पत्‍नी पनि बेपत्ता

दैलेखका गाउँपालिका अध्यक्ष अपहरित, पत्‍नी पनि बेपत्ता

दैलेखको ठाँटिकाध गाउँपालिकाका अध्यक्षलाई अज्ञात समूहले अपहरण गरेको छ । उनीसँगै
 |  आइतबार, पुस ६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस ६, २०७६

काठमाडौं- दैलेखको ठाँटीकाध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीलाई अज्ञात समूहले अपहरण गरेको छ ।

उनीसँगै उनकी पत्नी लिला शाहीलाई पनि अज्ञात समूहले शनिबार मध्यराति अपहरण गरेको प्रहरीले जनाएको छ।

हतियारसहित आएका १५/१६ जनाको समूहले सोधपुछ गर्न भन्दै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

प्रहरीले अपहरण विप्लव समूहले गरेको हुनसक्ने आशंका गरेको छ । उनीहरुको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले भने अहिलेलेसम्म कसले किन अपहरण गरेको हो भन्ने विषयमा केहि नखोलेको जानकारी दिए । उनले कहि कतै कुनै पर्चा नभेटिएको पनि बताए ।

शाही दम्पतीलाई दैलेख कालीकोटको सीमानातर्फ लगेको स्थानीयले बताएका छन् ।

प्रकाशित: Dec 22, 2019| 03:29 आइतबार, पुस ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।