बिहीबार, भदौ ४, २०८३

बलात्कार आरोपी सिद्धबाबा जेल चलान

आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी कारागार चलान भएका छन्। जिल्ला अदालत सुनसरीमा मंगलबार आत्मसमर्पण गरेका गिरीलाई जिल्ला अदालतले कारागार चलान गरेको हो।
 |  मंगलबार, फागुन २०, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २०, २०७६

काठमाडौं– आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी कारागार चलान भएका छन्। जिल्ला अदालत सुनसरीमा मंगलबार आत्मसमर्पण गरेका गिरीलाई जिल्ला अदालतले कारागार चलान गरेको हो।

जिल्ला अदालतका निमित्त श्रेस्तेदार मिधिराम दाहालले गिरीलाई कारागार चलान गरेको जानकारी दिए। ‘उपचारका क्रममा बाहिर भएकाले उच्च अदालतले थुनामा राख्न आदेश दिएको थाहा भएन भन्दै १२ बजेतिर आउनु भएको थियो,’ दाहालले भने, ‘उच्च अदालतको आदेश कार्यान्वयनका लागि कारागार चलान गरेका छौं।’

जिल्ला अदालत सुनसरीको धरौटीमा छाड्ने आदेशलाई बदर गर्दै उच्च अदालत विराटनगरले गिरीलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश गरेको थियो। उच्च अदालतले सुनुवाइ गर्ने दिन नै उनी भारत छिरेका थिए।

महिला अनुयायीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका गिरीलाई जिल्ला अदालत सुनसरीले गत पुसमा धरौटीमा छोड्न आदेश दिएको थियो। दुई दिनसम्म चलेको थुनछेक बहसपछि न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलाशले गिरीलाई तीन लाख धरौटीमा छाड्न आदेश दिएका थिए।

उच्च अदालतका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको इजलासले गिरीलाई धरौटीमा छाड्ने आदेश बदर गरी थुनामा राखेर मुद्दाको पूर्पक्ष गर्न आदेश दिएको थियो।

प्रकाशित: Mar 03, 2020| 07:49 मंगलबार, फागुन २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।