काठमाडौं– मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्वराजा ज्ञानेन्द्रले शुभकामना सन्देश पठाएका छन्।
सन्देशमा ओलीको मिर्गौला प्रत्यारोपणमा सफलता र शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
पूर्वराजाको सन्देश लिएर ज्ञानेन्द्रका पूर्वप्रमुख सचिव पशुपतिभक्त महर्जन मंगलबार अपराह्न त्रिवि शिक्षण अस्पताल पुगेका थिए।
प्रधानमन्त्री ओलीको बुधबार मिर्गौला प्रत्यारोपण हुने अस्पतालले जनाएको छ ।