मंगलबार, जेठ ५, २०८३

मेधावी छोरीहरुको नाममा सडकको नामाकरण

हाम्रो देशमा छोरीहरुप्रति समान दृष्टिकोण छैन। उनीहरुलाई सम्मान दिने, प्रोत्साहन दिने कार्यक्रमहरु भए पनि उदाहरणीय बनिसकेको अवस्था छैन।
 |  मंगलबार, फागुन २०, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २०, २०७६

एजेन्सी- हाम्रो देशमा छोरीहरुप्रति समान दृष्टिकोण छैन। उनीहरुलाई सम्मान दिने, प्रोत्साहन दिने कार्यक्रमहरु भए पनि उदाहरणीय बनिसकेको अवस्था छैन।

National life

छिमेकी देश भारतमा त छन् छोरीहरुमाथिको विभेद नेपालको भन्दा निकै दर्दनाक छ।

तर भारतकै एक गाउँपञ्चायतले यसमा निकै उदाहरणीय काम गरेको छ।

गुजरातको कच्छ जिल्लास्थित कुकमा पञ्चायतले मेधावी छोरीहरुको नाममा गल्ली र सडकको नामाकरण गरेको छ।

पञ्चायतले डेढ वर्षमा १६ जना मेधावी छोरीको नाममा सडकको नामाकरण गरेको छ।

कच्छ जिल्ला महिला तथा बाल विकास अधिकारीको १९ फेब्रुअरी २०२० को परिपत्र गरेपछि यो काम अहिले चर्चामा आएको हो।

बाल विकास अधिकारीले मेधावी छोरीहरुको नाममा गल्ली तथा सडकको नामाकरण गर्न परिपत्र गरेको थियो।

तर कुकमा पञ्चायतको अध्यक्ष कंकुबेन वणकरले सेप्टेम्बर २०१८ मा नै यो काम सुरु गरिसकेका थिए।

अहिलेसम्म त्यहाँ १६ मेधावी छोरीहरुको नाममा सडकको नामाकरण गरिसकिएको छ।

यो पहलको आसपासका क्षेत्रमा पनि चर्चा सुरु भएको छ। कतिपयले यसको सिको गर्न थालिसकेका पनि छन्।

अहिलेसम्म नामाकरण गरिएका मार्गहरु यस्ता छन् :

हेमानी मार्ग, शिवानी मार्ग, सोनाली मार्ग, रुचिता मार्ग, भूमि मार्ग, अश्विनी मार्ग, गुलजार मार्ग, उर्वी मार्ग, शिल्पा मार्ग, कोमल मार्ग, जिया मार्ग, पलक मार्ग, कृपा मार्ग, खुशी मार्ग, हेन्शी मार्ग र पूजा मार्ग।

प्रकाशित: Mar 03, 2020| 09:24 मंगलबार, फागुन २०, २०७६
प्रतिक्रिया दिनुहोस्