काठमाडौं- बुद्ध एयरले रुघाखोकी लाग्दा तथा ज्वरो आउँदा हवाई यात्रा नगर्न आग्रह गरेको छ।
बुद्धले कोरोना भाइरसको प्रकोपबाट सुरक्षित रहन सार्वजनिक अपिल जारी गर्दै रुघाखोकी र ज्वरोको समयमा यात्रा नगर्न तथा विमानस्थलसम्म पनि नजान आग्रह गरेको हो।
टिकट लिइसकेका यात्रुलाई ज्वरो आए अथवा रुघाखोकी लागेमा रद्द गर्न सकिने पनि बुद्ध एयरले जनाएको छ । एयरलाइन्सको कल सेन्टरमा सम्पर्क गरी टिकट रद्द गर्दा भाडा फिर्ता दिइने बुद्धको भनाइ छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले हवाई यात्रुलाई स्वागत एवम् बिदाइ गर्ने क्रममा विमानस्थलमा भीड नगरिदिन र अत्यावश्यक काममा आउनेले मास्क प्रयोग गर्न आग्रह गरेको छ।
कार्यालयले यसअघि उपलब्ध गराउँदै आएको भिजिटर पास स्थगन गरिएको जनाएको छ।