सप्तरी क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरीले आफ्नो निर्वाचन क्षेत्रबाट काठमाडौं आएर लकडाउनका कारण मजदुरी गर्न नपाई छाक टार्न समस्यामा परेका नागरिकलाई सम्पर्कमा आउन अनुरोध गरेका छन्।
विश्वभरका स्वास्थ्य वैज्ञानिकहरुको एक संस्थाले अर्को वर्ष हुने भनिएको टोकियो ओलम्पिक र पारालम्पिक आयोजनामा शंका व्यक्त गरेको छ। उसले कोरोनाको भ्याक्सिन नबनेसम्म ओलम्पिक गर्न कठिन रहेको समेत बताएको छ।
अमेरिकन टेनिस खेलाडी कोको गफले राम्रो खेल देखाउनुपर्ने दबाबका कारण डिप्रेसनमा गएको बताएकी छिन्। २०१९ को विम्बल्डन प्रतियोगितामा धमाकेदार प्रदर्शन गरेकी गफले डिप्रेसनबाट गुज्रिएको बताएकी हुन्।
बढी मूल्यमा सर्जिकल मास्क बिक्री गरेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भक्तपुरको लोकन्थलीस्थित समिट हस्पिटलको फार्मेसीलाई कारबाही गरेको छ ।
कर्णाली प्रदेशमा कोरोना भाइरसको परीक्षण गर्न हालसम्म २ हजार ७ सय २४ जनामा र्यापिड टेष्ट गरिएको छ । कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मुगुका एक जना बाहेक अन्य सबैको रिपोर्ट...