बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कर्णालीमा २७ सयको र्‍याडिट टेष्ट, डोल्पामा सुरु भएन, सल्यानमा रोकियो

कर्णालीमा २७ सयको र्‍याडिट टेष्ट, डोल्पामा सुरु भएन, सल्यानमा रोकियो

कर्णाली प्रदेशमा कोरोना भाइरसको परीक्षण गर्न हालसम्म २ हजार ७ सय २४ जनामा र्‍यापिड टेष्ट गरिएको छ । कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मुगुका एक जना बाहेक अन्य सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
 |  शनिबार, वैशाख ६, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ६, २०७७

कर्णाली प्रदेशमा कोरोना भाइरसको परीक्षण गर्न हालसम्म २ हजार ७ सय २४ जनामा र्‍यापिड टेष्ट गरिएको छ । कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मुगुका एक जना बाहेक अन्य सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

कर्णालीका दश जिल्लामध्ये डोल्पामा भने हालसम्म र्‍यापिड टेष्ट सुरु हुन सकेको छैन भने किट अभावका कारण सल्यानमा र्‍यापिट टेष्ट रोकिएको छ । ‘लकडाउनले डोल्पामा प्लेन जाने रहेनछ, हामीले गाडीबाट चैतमै डोल्पा र्‍यापिड डेष्ट किट पठाएका हौँ,’ कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रीता भण्डारीले भनिन्, ‘जिल्लामा किट पुगेको जानकारी आएको छ । सम्भवतः भोलि या पर्सीबाट र्‍यापिड टेष्ट सुरु हुन्छ ।’

भौगोलिक विकटताका कारण डोल्पामा र्‍यापिड टेष्ट सुरु गर्न ढिलाइ भएको निर्देशनालयको भनाइ छ ।

यता सल्यानमा भने किट अभावका कारण तत्काललाई र्‍यापिड टेष्ट रोकिएको छ । ‘हामीलाई ५ सय किट आएको थियो, दुई दिनमै सकियो,’ जिल्ला अस्पताल सल्यानका डाक्टर अर्जुनकुमार बुढाले भने, ‘किट उपलब्ध नहुँदासम्म र्‍यापिड टेष्ट रोकेका छौँ ।’

सल्यानका दश स्थानीय तहमध्ये चार पालिकामा र्‍यापिट टेष्ट गर्न बाँकी रहेको उनको भनाइ छ । ‘दुई दिनमा ६ स्थानीय तहका ४ सय ९५ जनामा र्‍यापिट टेष्ट गरेका छौँ ।’ उनले भने, ‘किट सकियो भनेर प्रदेशसँग जानकारी गराएका छौँ, केही दिनपछि मात्रै र्‍यापिड टेष्ट सुरु गर्छाैँ ।’

उनका अनुसार सल्यानका शारदा, बागचौर र वनगाड कुपिण्डे नगरपालिका र कालिमाटी गाउँपालिकामा विदेशबाट आएका नागरिकको र्‍यापिड टेष्ट गर्न बाँकी छ ।

प्रदेश स्वास्थ्य निर्देशनालले प्रदेशमा ५ हजार किट आएको बताउँदै प्रत्येक जिल्लामा विदेशबाट फर्किएका नागरिकको तथ्याङ्कको आधारमा किट पठाएको जनाएको छ । आवश्यकताका आधारमा सल्यानमा किट पठाउन सकिने निर्देशनालयको भनाइ छ ।

प्रकाशित: Apr 18, 2020| 06:59 शनिबार, वैशाख ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।