मंगलबार, असार ३०, २०८३

‘राम्रो खेल देखाउने दबाबका कारण डिप्रेसनमा परेँ’

अमेरिकन टेनिस खेलाडी कोको गफले राम्रो खेल देखाउनुपर्ने दबाबका कारण डिप्रेसनमा गएको बताएकी छिन्। २०१९ को विम्बल्डन प्रतियोगितामा धमाकेदार प्रदर्शन गरेकी गफले डिप्रेसनबाट गुज्रिएको बताएकी हुन्।
 |  शनिबार, वैशाख ६, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ६, २०७७

अमेरिकन टेनिस खेलाडी कोको गफले राम्रो खेल देखाउनुपर्ने दबाबका कारण डिप्रेसनमा गएको बताएकी छिन्। २०१९ को विम्बल्डन प्रतियोगितामा धमाकेदार प्रदर्शन गरेकी गफले डिप्रेसनबाट गुज्रिएको बताएकी हुन्।

अल इंग्ल्यान्ड क्लबमा पाँच पटकका विजेता भेनस विलियम्सलाई पराजित गर्दै उनी गत वर्ष विम्बल्डनको अन्तिम १६ मा प्रवेश गरेकी थिइन्। १५ वर्षमै उनले पाएको यो सफलताको निकै चर्चा भएको थियो।

उनले त्यस समयअघि सन् २०१७–०१८ मा आफू अन्धकार दिमागी हालतबाट गुज्रिएको बताएकी छन्।

“यदि मैले चाहेको टेनिस र उपाधि नै थियो भने मैले समस्याको जड पत्ता लगाउनु पर्ने थियो,” उनले भनेकी छन्, “त्यसबेला मैले राम्रो प्रदर्शन गरेकाले ठूलो घटनाका रुपमा हेरिएन। तर मैले जुन कुरालाई धेरै माया गरेँ, त्यसबाट पनि रमाइलो गर्न भने सकिरहेको थिइनँ ।”

पछिल्लो विम्बल्डनमा छनोट हुने उनी सबैभन्दा युवा खेलाडी थिइन्। तर त्यतिखेर जित्नु भनेको पनि अर्को पटकको लागि संघर्ष गर्नु रहेको उनको बुझाइ थियो।

“मेरो जीवनभरीमा नयाँ चुनौतीलाई पार गर्ने सबैभन्दा युवा म नै भएको छु। सबैले यसै भनेर प्रचार गर्थे तर यसले मनाई झन दबाब दिन्थ्यो,” उनले भनिन्, “यस्तो कामले छोटो समयमा निपूर्ण रुपले धेरै ट्रेनिङ गर्न दबाब बन्थ्यो। पछि मैले महशुस गरेँ– मैले अर्काको लागि होइन, आफ्नै लागि खेल्नुपर्छ। त्यसवर्ष त म निकै डिप्रेस्ड भएँ। त्यो नै मेरो लागि कठिन वर्ष बन्यो।”

जब मानिस अन्धकारमय दिमागी हालतबाट गुज्रिरहेको हुन्छ, त्यसबेला कुनै कुराको राम्रो पक्ष नदेख्ने गफको तर्क छ। भन्छिन्, “मैले टेनिसमा के के गर्न सकिन्छ भन्ने बुझ्नै सकेको थिइनँ। मलाई यति थाहा थियो कि मैले खेलिरहनु पर्छ। तर कसरी अगाडि बढ्न सकिन्छ बुझ्न सकेकी थिइन।”

त्यसैले उनले एक वर्ष ब्रेक लिने निर्णय गरेकी थिन तर उनको यो निर्णय सफल भएन। “मैले नखेल्ने निधो गरे पनि त्यसमा अडिग रहन सकिन। मैले केही समय लिएर बसेर सोचें, रोएँ । त्यसपछि म झन् बलियो मानसिकता लिएर खेलमा फर्किएँ। मैले आफूलाई राम्ररी चिनेँ जस्तो लाग्छ,” उनले भनिन्।

बीबीसी

प्रकाशित: Apr 18, 2020| 10:06 शनिबार, वैशाख ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।