बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अलपत्र नागरिकलाई सम्पर्कमा आउन सांसद चौधरीको अनुरोध

अलपत्र नागरिकलाई सम्पर्कमा आउन सांसद चौधरीको अनुरोध

सप्तरी क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरीले आफ्नो निर्वाचन क्षेत्रबाट काठमाडौं आएर लकडाउनका कारण मजदुरी गर्न नपाई छाक टार्न समस्यामा परेका नागरिकलाई सम्पर्कमा आउन अनुरोध गरेका छन्।
 |  शनिबार, वैशाख ६, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ६, २०७७

काठमाडौं- सप्तरी क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरीले आफ्नो निर्वाचन क्षेत्रबाट काठमाडौं आएर लकडाउनका कारण मजदुरी गर्न नपाई छाक टार्न समस्यामा परेका नागरिकलाई सम्पर्कमा आउन अनुरोध गरेका छन्।

उनले शनिबार एक सूचना प्रकाशित गरी लकडाउनका कारण घर जान नपाएका र अलपत्र परेका मजदुरलाई सप्रमाण पारिवारिक विवरणसहित सम्पर्कमा आउन भनेका हुन्।

उनले भनेका छन्, 'कोरोना भाइरस महामारीका कारण अलपत्र परेका र खानबस्न नपाएका मेरो क्षेत्रका मतदातालाई सम्पर्कमा आउन भनेको हुँ। सप्रमाण आएमा उहाँहरुलाई सकेको सहयोग गर्ने मेरो योजना हो।' 

सांसद चौधरीलाई सप्तरी क्षेत्र नम्बर ४ मा स्थायी घर भएर काठमाडौंमा अलपत्र परेका नागरिकले ९८१३९५४९९३, ९८५१२२८८७७, ९८५१०५२२६६ नम्बरमा सम्पर्क गर्न सक्नेछन्। 

पूर्वराज्यमन्त्री चौधरीले लकडाउनका कारण छाक टार्न समस्यामा परेका मजदुर र विपन्नलाई सहयोग गर्दै आएका छन्।

प्रकाशित: Apr 18, 2020| 11:41 शनिबार, वैशाख ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।