कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या १ लाख ५० हजार नाघेको छ।
अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयलाई उद्धृत गर्दै अलजजिराले जनाएअनुसार यो भाइरसबाट विश्वभर २१ लाख ६७ हजार संक्रमित छन्।
गत डिसेम्बर अन्तिम साता चीनको वुहानबाट सुरु भएको यो भाइरस विश्वका सबैजसो देशमा फैलिसकेको छ। अमेरिका, इटाली, स्पेन, बेलायत, भारतलगायत मुलुक अहिले सबैभन्दा बढी प्रभावित छन्।
चीनमा भने ४ हजार ६ सय ४२ जनाको मृत्यु भएको छ र अहिले लगभग नियन्त्रणमा आइसकेको छ।