स्वर्गद्वारी - प्युठानको मर्कावाङमा पत्नीले पतिको हत्या गरेकी छन्। माण्डवी गाउँपालिका–२ मर्कावाङका ४० वर्षीय गुमानसिंह अधिकारीको टाउकामा चिर्पट प्रहारी गरी ३५ वर्षीया पत्नी निशाले हत्या गरेकी हुन्।
दाङको बंगलाचुली गाउँपालिका ५ स्थित माइतीघर बस्दै आएकी पत्नीलाई लिन जाँदा दुवैबीच सामान्य घरायसी विवाद भई पत्नीले दाउराको चिर्पटले पतिको टाउकामा प्रहार गरेको बताइएको छ।
गम्भीर घाइते अधिकारीको शुक्रबार राति उपचारका क्रममा कोहलपुर मेडिकल कलेज बाँकेमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। भाउज्यू र उनका बाबुले मिलेर दाइको हत्या गरेको आरोप मृतकका भाइ हेमराजले लगाएका छन्।
निशाले चिर्पटले प्रहार गरेको स्वीकारेकी जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए। -रासस