काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट अमेरिकामा मात्रै ७ लाख ९ हजार ७ सय बढि ब्यक्ति संक्रमित भएका छन् ।
पछिल्लो २४ घण्टामा (शुक्रबार) मात्रै ३२ हजार १ सय बढि ब्यक्ति संक्रमित भएका छन् । बिहीबार २९ हजार ५ सय ६७ ब्यक्ति संक्रमित भएका थिए । बुधबार ३० हजा ३ सय ४२ संक्रमित फेला परेका थिए । मंगलबार ३० हजार ७ सय २० ब्यक्ति संक्रमित थपिएका थिए ।
अप्रिल महिना सुरु भएपछि प्राय हरेक दिन अमेरिकामा करिब ३० हजार नयाँ संक्रमित भेटिदै आएको छ । यहि तथ्यांकलाई आधार मानेर हिसाव गर्दा अमेरिकामा प्रत्येक तीन सेकेन्डमा कम्तिमा एक जना नयाँ संक्रमित भेटिने गरेको छ ।
यस्तै अमेरिकामा कोरोनाबाट अहिलेसम्म ३७ हजार बढिको मृत्यु भएको छ । शुक्रबार मात्रै २ हजार ५ सय ३५ जनाको मृत्यु भएको छ । बिहीबार २ हजार १ सय ७६, बुधबार २ हजार ६ सय १८ र मंगलबार एकैदिनमा ६ हजार १ सय ८५ जनाको मृत्यु भएको थियो ।
अमेरिकाको न्यूयोर्कमा सबैभन्दा बढि कोरोना संक्रमित छन् भने मृतकको संख्या पनि यहि बढि छ । जहाँ २ लाख ३३ हजार ९ सय ५१ जना संक्रमित भएका छन् भने १७ हजार १ सय ३१ जनाको मृत्यु भएको छ ।
दोस्रो बढि प्रभावित राज्यको रुपमा न्यूजर्सी रहेको छ । जहाँ ७८ हजार ४ सय ६७ जना संक्रमित भएका छन् भने ३ हजार ८ सय ४० जनाको मृत्यु भएको छ ।
तेस्रो प्रभावित राज्य म्यासाचुट्समा ३४ हजार ४ सय २ जना संक्रमित भएका छन् भने १ हजार ४ सय ४ जनाको मृत्यु भएको छ ।