काठमाडौं- वैदेशिक रोजगारीका क्रममा बहरानमा रहेका ४९ नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
त्यहाँस्थित नेपाली दूतावासले जनाएअनुसार पछिल्लो पटक थप २७ नेपालीमा कोरोनाको सङ्क्रमण देखिएको छ ।
संक्रमितमध्ये ३ जनाको अवस्था गम्भीर रहेको दुतावासले जनाएको छ । अहिलेसम्म बहराइनमा कोहि नेपालीको मृत्यु भएको छैन् ।
बहराइनमा शुक्रबार बिहान सम्ममा १ हजार ७ सय ४० जनामा संक्रण पुष्टि भएको छ भने ७ जनाको मृत्यु भएको छ ।
कूल सङ्क्रमितमध्ये ७२५ जना निको भएर घर फर्किएका छन् । बहराइनमा हालसम्म ७९ हजार ५६४ जनामा कोरोना परीक्षण गरिएको छ ।
बहराइनले यही अप्रिल ७ देखि लागू हुने गरी अवैधानिकरुपमा बसोबास गर्दै आएका कामदारलाई वैधानिक हुन वा बहराइन छाड्न सन् २०२० को डिसेम्बरसम्म माफी दिने निर्णय गरेको दूतावासले जनाएको छ ।
बहराइनमा सार्वजनिक स्थानमा जाँदा अनिवार्यरुपमा मास्क लगाउनुपर्ने व्यवस्था गरिएको छ ।