मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • ‘कोरोनाको भ्याक्सिन नबनेसम्म टोकियो ओलम्पिक र पारालम्पिक सम्भव छैन’

‘कोरोनाको भ्याक्सिन नबनेसम्म टोकियो ओलम्पिक र पारालम्पिक सम्भव छैन’

विश्वभरका स्वास्थ्य वैज्ञानिकहरुको एक संस्थाले अर्को वर्ष हुने भनिएको टोकियो ओलम्पिक र पारालम्पिक आयोजनामा शंका व्यक्त गरेको छ। उसले कोरोनाको भ्याक्सिन नबनेसम्म ओलम्पिक गर्न कठिन रहेको समेत बताएको छ।
 |  शनिबार, वैशाख ६, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ६, २०७७

विश्वभरका स्वास्थ्य वैज्ञानिकहरुको एक संस्थाले अर्को वर्ष हुने भनिएको टोकियो ओलम्पिक र पारालम्पिक आयोजनामा शंका व्यक्त गरेको छ। उसले कोरोनाको भ्याक्सिन नबनेसम्म ओलम्पिक गर्न कठिन रहेको समेत बताएको छ।

एडिन्वर्ग विश्वविद्यालयका प्रोफेसर एवम् विश्व स्वास्थ्य वैज्ञानिक संघका अध्यक्ष देवी श्रीधरका अनुसार प्रभावकारी र सबैको पहुँचमा हुने उपचारको विकासमात्र खेललाई मैदानमा फर्काउनका लागि गेम चेन्जर हुने छ। तर यस्तो हुनेमा पूरा विश्वस्त हुने अवस्था नरहेको श्रीधरको अनुमान छ।

अन्तराष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) र टोकियो ओलम्पिक २०२० को स्थानीय आयोजकले कार्यकारी समितिको बैठक गर्दै ओलम्पिकबारे कुरा गरेका छन्। उनीहरुले ओलम्पिकलाई ‘सुरुङको अन्त्यमा रहेको मधुरो बत्ती’को संज्ञा दिएका थिए।

त्यस्तै, आईओसी कोअर्डिनेसन कमिसनका अध्यक्ष जोन कोटले नयाँ मितिलाई पनि केरोनाले असर गर्नसक्ने बताएका छन्। ओलम्पिकको नयाँ मिति सन् २०२१ जुलाई २३ बाट अगस्ट ८ सम्म तय गरिएको छ।

उनले बिहीबार एक समाचार संस्थासँग कुरा गर्दै भने, ‘मानिसहरुको भीड र एथ्लेटहरुको टेस्टिङको असरबारे हामीले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को आदेश पालना गर्नुपर्ने हुन्छ।’

यता प्रोफेसर श्रीधरले भनिन्, ‘योजनाअनुरुप नै टोकियो ओलम्पिक हुने एकमात्र संभावना भनेको भ्याकसिनको विकास नै हो।’

उनले थपिन्, ‘यो कुरा सम्भव छ भन्ने कुरा हामीले वैज्ञानिहरुबाट सुनिरहेका छौं। मलाई लाग्छ, भ्याक्सिन बन्नका लागि वर्ष दिन लाग्न पनि सक्छ, डेढ वर्ष लाग्न पनि सक्छ तर भएसम्म छिटो तयार गर्न वैज्ञानिहरु लागेका छन्।

यदि हामीले अर्को वर्षसम्ममा भ्याक्सिन बनाइसक्यौं भने ओलम्पिक सम्भव देखिन्छ। त्यसैले सहजै उपलब्ध गराउन सकिने भ्याक्सिन एकमात्र गेम चेन्जर हो। यदि वैज्ञानिक चमत्कार हुन सकेन भने अर्को वर्षको ओलम्पिक पनि सपना मात्र हुन सक्छ।’

‘आईओसी र जापान सरकारले आयोजनालाई एक वर्ष पछि सार्ने काम गर्नु राम्रो कदम हो,’ उनले भनिन्।

टोकियो आलम्पिकको स्थानीय कमिटी र आईओसीले बिहीबार बैठक गर्दै एक संयुक्त समिति बनाएको जनाएको छ। जोन कोट र जापानका योसिरो मोरीले सञ्चालन गर्ने यो समितिले ओलम्पिकबारे निणर्यहरु गर्ने बताइएको छ।

बैठकपछि समितिले नयाँ टास्कफोर्स गठन गरेर कामहरु गरिरहेको बताएको छ।

प्रकाशित: Apr 18, 2020| 11:14 शनिबार, वैशाख ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।