बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाबाट एकैदिनमा ८ हजार ६ सयको मृत्यु, कुन देशमा कति संक्रमित ?

कोरोनाबाट एकैदिनमा ८ हजार ६ सयको मृत्यु, कुन देशमा कति संक्रमित ?

विश्वका २ सय १० देशमा फैलिएको कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा (शुक्रबार) ८ हजार ६ सय ५३ जनाको मृत्यु भएको छ ।
 |  शनिबार, वैशाख ६, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ६, २०७७

काठमाडौं- विश्वका २ सय १० देशमा फैलिएको कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा (शुक्रबार) ८ हजार ६ सय ५३ जनाको मृत्यु भएको छ ।

यो एकै दिनमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या अहिलेसम्मकै उच्च हो । बिहीबार ६ हजार ९ सय ९८ जनाको मृत्यु भएको थियो । विश्वभर अहिलेसम्म कोरोनाका कारण १ लाख ५० हजार बढिको मृत्यु भएको छ ।

कोरोनाबाट २१ लाख ६७ हजार बढि संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा ८५ हजार ६ सय ७० ब्यक्ति संक्रमित भएका छन् ।

संक्रमित र मृत्युदर सबैभन्दा उच्च रहेको अमेरिकामा पछिल्लो २४ घण्टामा ३१ हजार ६ सय ३१ जना नयाँ संक्रमित थपिएका छन् भने २ हजार ५ सय १६ जनाको मृत्यु भएको छ ।

अमेरिकामा अहिलेसम्म कोरोनाबाट ७ लाख ९ हजार २ सय ब्यक्ति संक्रमित भएका छन् भने ३७ हजार १ सय ३५ जनाको मृत्यु भएको छ ।

यस्तै स्पेनमा शुक्रबार मात्रै ५ हजार ८ सय ९१ जना नयाँ संक्रमित थपिदा ६ सय ८७ जनाको मृत्यु भएको छ । स्पेनमा अहिलेसम्म कोरोनाबाट १ लाख ९० हजार ८ सय ३९ जना कोरोनाबाट संक्रमित भएका छन् भने २ हजार २ जनाको मृत्यु भएको छ ।

इटालीमा पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ९३ जना संक्रमित थपिदा ५ सय ७५ जनाको मृत्यु भएको छ । अहिलेसम्म इटालीमा १ लाख ७२ हजार ४ सय ३४ जना कोरोनाबाट संक्रमित भएका छन् भने २२ हजार ७ सय ७५ जनाको मृत्यु भएको छ ।

शुक्रबार १ हजार ९ सय ९ संक्रमित थपिएसँगै फ्रान्समा कोरोनाबाट संक्रमितको संख्या १ लाख ४७ हजार ९ सय ६९ पुगेको छ । मृतकको संख्या १८ हजार ६ सय ८१ पुगेको छ ।

यस्तै जर्मनीमा पछिल्लो २४ घण्टामा ३ हजार ६ सय ९९ संक्रमित भेटिएसँगै कोरोनाबाट संक्रमितको संख्या १ लाख ४१ हजार ३ सय ९७ पुगेको छ । अहिलेसम्म ४ हजार ३ सय ५२ जनाको मृत्यु भएको छ ।

बेलायतमा शुक्रबार मात्रै ५ हजार ५ सय ९९ संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या १ लाख ८ हजार ६ सय ९२ पुगेको छ । १४ हजार ५ सय ७६ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

प्रकाशित: Apr 18, 2020| 06:28 शनिबार, वैशाख ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।