बिहीबार, भदौ ४, २०८३

चितवन : संक्रमितका आफन्तको खोजी सुरु

जिल्ला प्रशासन कार्यालय चितवनले कोरोना भाइरसको संक्रमण देखिएकाकाे सम्पर्कमा आएका आफन्तकाे पहिचान सुरु गरेको छ।
 |  शनिबार, वैशाख ६, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ६, २०७७

चितवन- जिल्ला प्रशासन कार्यालय चितवनले कोरोना भाइरसको संक्रमण देखिएकाकाे सम्पर्कमा आएका आफन्तकाे पहिचान सुरु गरेको छ। शुक्रबार चितवनका दुई जनामा काेराेना संक्रमण पुष्टि भएकाे थियाे। 

दुवैजना गत चैत ३ गते कतार एयरवेजमार्फत बेलायतबाट हङकङ हुँदै आएर दुई दिन काठमाडौंको बसाइपछि ५ गते चितवन आएका थिए।

राप्ती नगरपालिका–८ का ती संक्रमितको सम्पर्कमा आएकाको पहिचान सुरु गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए।

उनीहरुको परिवार ठूलो भएकाले सम्पर्कमा रहेकाको खोजी गरिएको राप्ती नगरपालिका प्रमुख प्रभा बरालले जानकारी दिइन्।

परिवारका सदस्यलाई होम क्वारेन्टाइनमा बस्न भनिएको छ।

दुवैजना संक्रमितलाई भरतपुर अस्पतालको आइसोलेसनको क्याबिन कक्षमा राखिएको छ। उनीहरूका त्यहीं उपचार हुनेछ।

प्रकाशित: Apr 18, 2020| 11:15 शनिबार, वैशाख ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।