प्रिमियर लिगमा ९ खेल बाँकी रहँदा लिग लिडर लिभरपुल उपाधिबाट २ जित टाढा छ। लिभरपुलका कप्तान जोर्डन हेन्डरसनले त्यो २ जितपछिको विजय उत्सव कस्तो होला भनेर चिन्ता व्यक्त गरेका छन्।
स्वास्थ्य चौकीको भवन निर्माणका लागि बालुवा निकाल्ने क्रममा मङ्गलबार पुरिएर नलगाड नगरपालिका–९ तात्रका ३३ वर्षीया कुमारी सिंहको घटनास्थलमै मृत्यु भएको छ ।
एजेन्सी– कोरोनाको कहरपछि वेस्ट इन्डिजको राष्ट्रिय क्रिकेट टिमका खेलाडी पुनः प्रशिक्षणमा फर्किएका छन्। उनीहरुले केन्सिङटन ओभल मैदानमा सानो समूह बनाएर प्रशिक्षण गर्ने छन्।
सर्वोच्च अदालतले विपन्न तथा जोखिममा रहेका नागरिकका लागि शुल्क लिएर निजी स्वास्थ्य संस्थाबाट कोरोना परीक्षण गर्न दिने स्वास्थ्य मन्त्रालयको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ।