आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विपन्न र जोखिममा परेकासँग शुल्क लिएर र्‍यापिड परीक्षण नगराउन सर्वाेच्च अदालतकाे आदेश

विपन्न र जोखिममा परेकासँग शुल्क लिएर र्‍यापिड परीक्षण नगराउन सर्वाेच्च अदालतकाे आदेश

सर्वोच्च अदालतले विपन्‍न तथा जोखिममा रहेका नागरिकका लागि शुल्क लिएर निजी स्वास्थ्य संस्थाबाट कोरोना परीक्षण गर्न दिने स्वास्थ्य मन्त्रालयको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ।
 |  मंगलबार, जेठ १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १३, २०७७

काठमाडौं- सर्वोच्च अदालतले विपन्‍न तथा जोखिममा रहेका नागरिकका लागि शुल्क लिएर निजी स्वास्थ्य संस्थाबाट कोरोना परीक्षण गर्न दिने स्वास्थ्य मन्त्रालयको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ।

अधिवक्ताहरु सन्तोष भण्डारी, सुजन नेपाल लगायतले दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश तेजबहादुर केसीको इजलासले कम आम्दानी भएका, विदेशबाट लुकीछिपी नेपाल आउन लागेका अनि समूहमा प्रवेश गरी जोखिममा परेका र तेस्रो मुलुकबाट नेपाल फर्कन चाहेका विपन्‍नका लागि शुल्क तिरेर कोरोना र्‍यापिड टेस्ट नगर्न आदेश दिएको हो।

सर्वोच्चको यस्तो आदेशपछि विपन्न र जोखिममा परेका बाहेक अरुले शुल्क तिरेर निजी स्वास्थ्य संस्थाबाट र्‍यापिड टेस्ट गर्न पाउने भएका छन्। तर सरकार यो योजनाको नागरिक स्तरबाट भने विरोध भइरहेको छ।

सर्वोच्चले निजी स्वास्थ्य क्षेत्रलाई शुल्क लिएर र्‍यापिड किट प्रयोग गरी कोरोना परीक्षण गर्न दिने निर्देशिका किन जारी गरेको भनी औचित्य पुष्टि गर्न स्वास्थ्य मन्त्रालयलाई छलफलका लागि डाकेको छ।

स्वास्थ्य मन्त्रालयले निजी स्वास्थ्य संस्थालाई पनि आरडीटी किटबाट शुल्क लिएर परीक्षण गर्न पाउने गरी निर्देशिका जारी गरेको थियो।

प्रकाशित: May 26, 2020| 21:10 मंगलबार, जेठ १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।