मंगलबार, असार ३०, २०८३

‘समर्थक नभएको मैदानमा ट्रफी उचाल्दा कस्तो लाग्ला ?’

प्रिमियर लिगमा ९ खेल बाँकी रहँदा लिग लिडर लिभरपुल उपाधिबाट २ जित टाढा छ। लिभरपुलका कप्तान जोर्डन हेन्डरसनले त्यो २ जितपछिको विजय उत्सव कस्तो होला भनेर चिन्ता व्यक्त गरेका छन्।
 |  बुधबार, जेठ १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १४, २०७७

प्रिमियर लिगमा ९ खेल बाँकी रहँदा लिग लिडर लिभरपुल उपाधिबाट २ जित टाढा छ। लिभरपुलका कप्तान जोर्डन हेन्डरसनले त्यो २ जितपछिको विजय उत्सव कस्तो होला भनेर चिन्ता व्यक्त गरेका छन्।

भन्छन्, ‘एनफिल्ड मैदानमा खेलेर एक जना पनि समर्थक नभएको रंगशालामा ट्रफी उचाल्दा कस्तो महशुस होला ! पक्कै अनौठो अनुभव हुने छ।’

‘३० वर्ष भयो लिभरपुलले प्रिमियर लिग जितेको छैन। तीन दशकपछि क्लब जितको संघारमा छ तर जितको उत्सव मनाउँन समर्थक हुने छैनन्,’ हेन्डरसन दुःख व्यक्त गर्छन्, ‘हामीलाई थाहा भएकै कुरा हो, लिभरपुलका समर्थकसामु उपाधि जित्दाको खुसी अर्कै हुन्छ।’

कोरोनाका कारण स्थगित बनेको लिग आउँदो जुनबाट सुरु गरिने खेलाडी र क्लबले विश्वास गरेका छन्। १३ मार्चयता इंग्ल्यान्डमा कुनै फुटबल प्रतिस्पर्धा हुन सकेको छैन।

‘कोरोनाको जोखिमका कारण खेल बन्द रंगशालामा खेलाइएको छ। त्यस्तो अवस्थामा हामीलाई पक्कै पनि अनौठो अनुभूति हुने छ। हामीले ट्रफी जित्नेछौं तर उत्सव मनाउने समर्थक हुने छैनन। कस्तो अचम्म,’ उनले बीबीसीसँग भने।

यो पनि पढ्नुहोस् : मेयरको टाउको दुखाइ बन्नसक्छ लिभरपुलको विजयोत्सव

उनले थपे, ‘तर सिजन सकिएको छैन। हामीले अझै धेरै देखाउनु पर्ने छ। सिजन सकिँदासम्म धेरै मेहनत गनुपर्ने छ। हामी जुन गतिका साथ खेलिरहेका छौं त्यही अनुसार अघि बढ्नुपर्ने छ।’

तर समर्थक सहितको मैदानको दुःख अर्कै छ। कोरोनाको महामारीमा समर्थकको उपस्थिति भएमा महामारी फैलने खतरा कायम छ।

सन्डे टाइम्सका अनुसार च्याम्पियन्स लिग अन्तर्गत एट्लेटिको मड्रिडविरुद्ध लिभरपुलको खेलमा दर्शकको उपस्थितिका कारण इंग्ल्यान्डमा ४१ जना कोरोना संक्रमितको मृत्यु भएको थियो।

एनफिल्ड मैदानमा इंग्लिस क्लब लिभरपुलले स्पेनिस क्लब एट्लेटिको मड्रिडसँग राउन्ड अफ १६ को खेलमा समाना गरेको थियो। ११ मार्चमा भएको उक्त खेलमा ५२ हजार दर्शक उपस्थित भएका थिए जसमध्ये तीन हजार स्पेनबाट खेल हेर्न पुगेका थिए।

यो पनि पढ्नुहोस् : कोरोना फैलिन लिभरपुल–एट्लेटिको खेल पनि सहयोगी हुनसक्ने

प्रकाशित: May 27, 2020| 10:23 बुधबार, जेठ १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।