मंगलबार, असार ३०, २०८३

दिल्लीमा रोकिएन हिंसात्मक प्रदर्शन, २७ को मृत्यु

दिल्ली प्रहरीले हिंसामा अहिलेसम्म १८ वटा घटना दर्ता भएको र एक सय ६ जनालाई गिरफ्तार गरिएको जानकारी दिएको छ। प्रहरीले घटनाको बारेमा ११२ नम्बरमा सूचना दिन आग्रह गरेको छ।
 |  बिहीबार, फागुन १५, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १५, २०७६

काठमाडौं– भारतको नयाँ दिल्लीमा भड्किएको पछिल्लो हिंसामा २७ जनाको ज्यान गएको छ। दिल्लीको उत्तर–पूर्वी इलाकामा नागरिकता संशोधन कानुनको विरोधमा भएको हिंसामा ५० जनाभन्दा बढी घाइते छन्।

दिल्लीको चाँदबाग इलाकामा बुधबार आईबी अधिकारी अंकित शर्माको शव फेला परको प्रहरीले जानकारी दिएको छ। हिंसाको तीन दिनपछि बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मानिसहरुलाई शान्तिपूर्वक रहन र भाइचारालाई नबिर्सन आग्रह गरेका छन् भने दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका नेता अरविन्द केजरीवालले हिंसा प्रभावित इलाकामा सेना तैनाथ गरिने बताएका छन् ।

दिल्ली प्रहरीले हिंसामा अहिलेसम्म १८ वटा घटना दर्ता भएको र एक सय ६ जनालाई गिरफ्तार गरिएको जानकारी दिएको छ। प्रहरीले घटनाको बारेमा ११२ नम्बरमा सूचना दिन आग्रह गरेको छ।

हिंसाले उग्र रुप लिएपछि गएको २४ घण्टामा केन्द्रीय गृहमन्त्री अमित शाहले तीन पटक बैठक बोलाइसकेका छन्।

बीबीसी

प्रकाशित: Feb 27, 2020| 09:01 बिहीबार, फागुन १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।