आइतबार, भदौ ७, २०८३

कार्यान्वयन हुँदैनन् मानव अधिकार आयोगका सिफारिस

 |  बुधबार, जेठ १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १४, २०७७

स्वतन्त्र र स्वायत्त रुपमा स्थापना भएको राष्ट्रिय मानव अधिकार आयोग २१ औँ वर्षमा प्रवेश गरेको छ ।

मानव अधिकारको सम्मान, संरक्षण, संवद्र्धन तथा त्यसको प्रभावकारी कार्यान्वयनलाई सुनिश्चित गर्ने उद्येश्यका साथ मानव अधिकार आयोग ऐन र संयुक्त राष्ट्र सङ्घको पेरिस सिद्धान्तअनुसार २०५७ साल जेठ १३ गते आयोगको स्थापना भएको थियो ।

“कोरोना भाइरसको महामारीको कारण विश्वमा मानव जातिको जीवन सङ्कटमा परेको विषम परिस्थितिमा विश्वका सबै राष्ट्रहरू मानवजातिको जीवन रक्षाका लागि तत्पर र अग्रसर रहेको छ,” आयोगका अध्यक्ष अनुपराज शर्माले भने, “आयोग आफ्नो संवैधानिक कर्तव्यबाट विमुख नभई मानव अधिकारको संरक्षण र संवद्र्धनका लागि तल्लीन छ ।”

बन्दाबन्दीको कारण साना व्यवसाय तथा दैनिक ज्याला मजदूरी गरी खानेको जीवन कठिन भएको, दीर्घरोगी, गर्भवती, सुत्केरी महिला, वृद्धवृद्धा र बालबालिकालाई नियमित स्वास्थ्योपचारमा कठिनाइ उत्पन्न भएको उनको भनाइ छ ।

अध्यक्ष शर्माले स्थापना दिवसका अवसरमा जारी गरेको वक्तव्यमा अहोरात्र खटिरहेका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, स्वयम्सेवक र राष्ट्रसेवक कर्मचारी बढी जोखिममा रहेको उल्लेख छ । महिला तथा बालबालिकामाथि हुने हिंसा र आत्महत्याका घटनाहरु नियन्त्रण हुन नसकेको, क्वारेन्टिनको व्यवस्थापनमा कमजोरी देखिएको, कृषि उत्पादन तथा मल बीउ प्राप्तिमा किसानलाई कठिनाइ उत्पन्न भएको आयोगको ठहर छ ।

अध्यक्ष शर्माले यस्तो परिस्थितिमा सरकारी निकायबाट प्रवाह हुने सेवा तथा कार्यक्रम महिला, बालबालिका, ज्येष्ठ नागरिक, दलित, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक अल्पसङ्ख्यक, सीमान्तकृत, वञ्चितीकरणमा परेका र पछाडि पारिएका समुदायको जीवनस्तरमा सुधार ल्याउने गरी मानव अधिकारमुखी पद्धतिबाट लागू गर्न आग्रह गरेका छन्।

सङ्घ, प्रदेश र स्थानीय तहमा सुविधा सम्पन्न अस्पतालकोे व्यवस्था मिलाउन र सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीको सेवासुविधामा विशेष ध्यान दिन सरकारको उनले ध्यानाकर्षण गराए।

२१ औँ वर्षमा प्रवेश गर्दा आयोगले गरेको सिफारिको पूर्ण कार्यान्वयन ११ प्रतिशतमात्र भएको छ ।

स्थापनादेखि हालसम्म १२ हजार ८२२ मानव अधिकार उल्लङ्घनका उजुरीहरु दर्तामध्ये आयोगले एक हजार १८६ उजुरीमा मानव अधिकार उल्लङ्घन भएको विषयमा निर्णय गरी सरकारलार्ई आवश्यक सिफारिस गरेको छ । त्यसमा आंशिक कार्यान्वयन ३९ प्रतिशत र ५० प्रतिशत अझै पनि विचाराधीन अवस्थामा रहेको छ ।

मानव अधिकारको विश्वव्यापी आवधिक समीक्षा तथा मानव अधिकारसम्बन्धी सन्धिजनित समितिबाट सरकारलाई गरिएका सिफारिसको समयबद्घ रुपमा कार्यान्वयन गर्नु त्यत्तिकै जरुरी रहेको छ ।

“आयोगका सिफारिसलाई पूर्ण कार्यान्वयन गर्नुपर्ने सरकारको संवैधानिक र कानूनी दायित्व भए पनि व्यवहारमा कार्यान्वयन अवस्था सन्तोषजनक हुन सकेको छैन,” अध्यक्ष शर्माले भने, “सिफारिस पूर्ण रुपमा कार्यान्वयन हुन नसक्दा दण्डहीनताले निरन्तरता पाइरहनु र सङ्क्रमणकालीन न्यायका विषय सम्बोधन हुन ढिलाइ हुनु दुःखद पक्ष हो ।”

प्रकाशित: May 27, 2020| 06:18 बुधबार, जेठ १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।