आइतबार, भदौ ७, २०८३

कोरोनाबाट मृत्यु हुनेको संख्या साढे ३ लाख नाघ्यो

विश्वभर कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३ लाख ५० हजार नाघेको छ।
 |  बुधबार, जेठ १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १४, २०७७

विश्वभर कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३ लाख ५० हजार नाघेको छ।

जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अहिलेसम्म यो भाइरसबाट ३ लाख ५० हजार ४२३ जनाको ज्यान गइसकेको छ। त्यसैगरी विश्वभर संक्रमितको संख्या ५५ लाख ८८ हजारभन्दा बढी छ।


कोरोनाबाट सबैभन्दा बढी प्रताडित अमेरिका छ। त्यहाँ कुल संक्रमितको संख्या १६ लाख ८० हजारभन्दा बढी छ भने ज्यान गुमाउनेको संख्या १ लाख नाघेको छ।

कोरोना महामारीको पछिल्लो हटस्पट ब्राजिलमा कुल संक्रमितको संख्या अमेरिकापछि सबैभन्दा धेरै छ।

त्यहाँ अहिलेसम्म ३ लाख ९१ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने २४ हजार ५ सयभन्दा बढीको मृत्यु भइसकेको छ।

तेस्रोमा रुस छ। त्यहाँ ३ लाख ६२ हजारभन्दा बढी संक्रमित छन्।

प्रकाशित: May 27, 2020| 07:39 बुधबार, जेठ १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।