आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भेरीमा बेपत्ता युवाको खोजीका लागि सशस्त्रको गोताखोर टोली परिचालन

भेरीमा बेपत्ता युवाको खोजीका लागि सशस्त्रको गोताखोर टोली परिचालन

पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ सोती घटनामा बेपत्ताहरुको खोजीका लागि गोताखोरको टोली घटनास्थल पुगेको छ।
 |  बुधबार, जेठ १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १४, २०७७

पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ सोती घटनामा बेपत्ताहरुको खोजीका लागि गोताखोरको टोली घटनास्थल पुगेको छ।

बेपत्ताको खोजीका लागि सशस्त्र प्रहरी बल अस्थायी बेस क्याम्प शमशेरगञ्जबाट प्रहरी सहायक निरीक्षक रमेश थापाको कमाण्डमा चार जनाको गोताखोर टोली घटनास्थल पुगेको हो।

‘बेपत्ताको खोजीका लागि नदीमा पस्ने तयारी भइरहेको छ,’ गोताखोर टोलीका संयोजक थापाले भने, ‘केही समयमै कालेगाउँबाट खोजी सुरु हुन्छ ।’

सोती घटनामा जाजरकोटको भेरी नगरपालिका वडा नं. ११ का १८ वर्षीय लोकेन्द्र सुनार, १८ वर्षकै सञ्जु (सन्दीप) विक र १७ वर्षीय गोविन्द शाही सम्पर्कविहीन छन्। उनीहरुको खोजीका लागि गोताखोर टोली घटनास्थल पुगेको हो।

अन्तरजातीय प्रेम सम्बन्धलाई लिएर शनिबार बेलुका ८ बजेतिर भएको घटनामा जाजरकोटको भेरी नगरपालिका–४ नवराज विक, गणेश बुढामगर र चौरहजारी नगरपालिका–१ टीकाराम सुनारको शव भेरी नदीमा मृत भेटिएको थियो ।

घटनामा संलग्न रहेको भन्दै मृतकका नवराज, गणेश र टीकारामका बुबाहरुले चौरजहारी नगरपालिका–८ सोतीकी १७ वर्षीया सुष्मा मल्ल, उनका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल, चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल र सोही गाउँका डिल्ली मल्ल, सन्तोष मल्ल, तुलबहादुर मल्ल, मानबहादुर मल्ल, रमेश मल्ललगायत १२ जनाविरुद्ध किटानी जाहेरी दिएका छन् ।

सम्बन्धित समाचार

नागरिक अपिल : रुकुम घटनाका दोषीमाथि कारबाही गरियोस्

रुकुम हत्याकाण्ड मानवताविरुद्धको बर्बर अपराध : साझा पार्टी

'रुकुम पश्चिम हत्याकाण्डले उब्जाएका ३ प्रश्नमा गम्भीर बनौं'

साेती घटनाका दोषीलाई कानुनी दायरामा ल्याऊ : मानवअधिकार आयोग

रुकुम पश्चिमको घटनाबारे के भने गृहमन्त्रीले ? (भिडियोसहित)

सोती घटनाको छानबिन गर्न समिति गठन

बाबु र साथीको बयान : बेहुली लिन जाँदा 'दलित' भन्दै कसरी मारिए नवराज ?

रुकुमपश्चिममा बेपत्ता तेस्रो युवकको शव भेटियो

प्रकाशित: May 27, 2020| 10:43 बुधबार, जेठ १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।