आइतबार, भदौ ७, २०८३

इबोलाको औषधि कोरोनामा परीक्षण गर्दै बेलायत

बेलायती स्वास्थ्य सेवा विभागले कोरोना भाइरसका बिरामीका लागि रेमडेसिवियर औषधि प्रयोग गर्न अनुमति दिएको छ।
 |  बुधबार, जेठ १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १४, २०७७

बेलायती स्वास्थ्य सेवा विभागले कोरोना भाइरसका बिरामीका लागि रेमडेसिवियर औषधि प्रयोग गर्न अनुमति दिएको छ।

त्यहाँका स्वास्थ्यमन्त्री मेट हेनककले उक्त औषधिको क्लिनिकल ट्रायल सुरु गरिने बताएका छन्। उनका अनुसार कोरोना महामारीपछि बिरामीको उपचारमा बेलायतले उठाएको यो सबैभन्दा महत्वपूर्ण कदम हो।

बेलायतको स्वास्थ्य नियमनकारी निकायका अनुसार उक्त औषधिको प्रयोग केही निश्चित कोभिड–१९ अस्पतालमा मात्र हुनेछ। औषधि पर्याप्त नभएकाले अति जरुरी भएका बिरामीलाई मात्र यसको प्रयोग गरिनेछ।

अमेरिका र जापानले यसअघि नै उक्त औषधि परीक्षण गरिसकेका छन्। कतिपय स्वास्थ्य विज्ञले भने कोरोनाका बिरामीका लागि रेमडेसिवियर काम नलाग्ने बताउँदै आएका छन्।

रेमडेसिवियर मूल रुपमा अमेरिकी कम्पनी गिलिड साइन्सेजले बनाएको हो। यो औषधि इबोला भाइरसको उपचारका लागि बनाइएको थियो।

हालै अमेरिकामा भएको एउटा परीक्षणका अनुसार यो औषधिले कोरोना लागेर गम्भीर भएका बिरामीको ‘रिकभर टाइम’ कम गर्न मद्दत पुग्छ।

विश्वका थुप्रै देशमा अहिले यो रेमडेसिवियरको क्लिनिकल ट्रायल चलिरहेको छ। सुरुवाती परिणामअनुसार यो औषधिले कोरोनाका बिरामीको रिकभरी टाइम चार दिनसम्म कम हुन सक्छ। यद्यपि, यसले मानिसको ज्यान बचाउन महत्वपूर्ण भूमिका खेलेको भने पाइएको छैन।

कोरोना बिरामीका लागि हाइड्रोक्सिक्लोरोक्विनको समेत प्रयोग गरिँदै आएकोमा यसको प्रयोगमा भने विश्व स्वास्थ्य संगठनले रोक लगाएको छ।

बीबीसी

प्रकाशित: May 27, 2020| 07:08 बुधबार, जेठ १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।