मंगलबार, असार ३०, २०८३

कोरोना ब्रेकपछि प्रशिक्षणमा फर्कियो वेस्ट इन्डिज क्रिकेट

एजेन्सी– कोरोनाको कहरपछि वेस्ट इन्डिजको राष्ट्रिय क्रिकेट टिमका खेलाडी पुनः प्रशिक्षणमा फर्किएका छन्। उनीहरुले केन्सिङटन ओभल मैदानमा सानो समूह बनाएर प्रशिक्षण गर्ने छन्।
 |  बुधबार, जेठ १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १४, २०७७

एजेन्सी– कोरोनाको कहरपछि वेस्ट इन्डिजको राष्ट्रिय क्रिकेट टिमका खेलाडी पुनः प्रशिक्षणमा फर्किएका छन्। उनीहरुले केन्सिङटन ओभल मैदानमा सानो समूह बनाएर प्रशिक्षण गर्ने छन्।

लकडाउनका कारण लामो समयसम्म नेट प्रशिक्षणबाट बाहिर रहेको टोली कप्तान जसोन होल्डर सहित प्रक्षिणमा फर्किए। उनीहरुले इंग्ल्यान्डसँगको आउँदो प्रतियोगितालाई मध्यनजर गरेर सोमबारबाट प्रशिक्षण सुरु गरेका हुन्।

प्रशिक्षणमा होल्डरका साथ क्रिग ब्रेथवेट, साई होप, केमर रोय, सान डोवरिच र शर्माह ब्रुक रहेका छन्। यी बाहेक अन्य खेलाडीले भने आउँदो हप्ताबाट प्रशिक्षण सुरु गर्ने बताइएको छ। लकडाउन अघि इन्डियामा अफगानिस्तानविरुद्ध गत डिसेम्बरमा टेस्ट क्रिकेट खेलेका थिए।

उनीहरुलाई प्रशिक्षणमा सहभागी बन्नका लागि स्थानिय सरकारले अनुमति दिएको थियो। तर प्रशिक्षणमा सामाजिक दुरीको नियम पालना गर्नुपर्ने र क्रिकेट वेस्ट इन्डिज(सीडब्लूआई)को मेडिकल कमिटीले दिएको निर्देशन अनिवार्य पालना गनुपर्ने छ।

त्यस्तै सीडब्लूआईले वेल्स र इंग्ल्यान्ड क्रिकेट बोर्डसँग खेलका लागि कुरा गरिरहेको छ। प्रतियोगिता मे ४ बाट गर्ने भनिएको भए तापनि कोरोनाका कारण जुलाई अन्तिमसम्मका लागि स्थगित गरिएको छ।

इंग्ल्यान्ड र वेस्ट इन्डिजले ३ टेस्ट खेल्नेछन्।

प्रकाशित: May 27, 2020| 08:47 बुधबार, जेठ १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।