आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आज पनि मेघ गर्जनसहित वर्षा हुने, यस्तो हुनेछ आगामी तीन दिनको मौसम

आज पनि मेघ गर्जनसहित वर्षा हुने, यस्तो हुनेछ आगामी तीन दिनको मौसम

 |  बुधबार, जेठ १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १४, २०७७

काठमाडौं- निम्न चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण आज पनि देशका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षा हुने भएको छ।

पूर्वी र मध्य पहाडी भेगमा  चट्याङ र हावाहुरीसहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी भूभागमा भने  सामान्यतया मौसम सफा रहने छ।

मंगलबार (हिजो) दिउँसो मध्यम वर्षा भएको काठमाडौं उपत्यकामा आज पनि वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। चट्याङसहितको वर्षा आगामी तीन दिनसम्म लगातार हुन सक्ने महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

यस्तो हुनेछ आगामी तीन दिनको मौसम

जेठ १४ गते (बुधबार)

दिउँसोः देशको पूर्वी भू-भाग तथा मध्य पहाडी भू-भागहरुमा सामान्य बदली र पश्चिमी भूभागमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

पूर्वी भू-भाग तथा मध्य पहाडी भू-भागका केही स्थानहरुमा साथै पश्चिमी पहाडी भू-भागमा मध्याह्न पछि थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना छ।

राति: देशको पूर्वी र मध्य भू-भागहरुमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। पूर्वी तथा मध्य भू-भागका केही स्थानका साथै पश्चिमी भू-भागका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना छ।

जेठ १५ गते (बिहिबार)

दिउँसोः देशको पश्चिमी भू-भाग लगायत मध्य र पूर्वी पहाडी भू-भागहरुमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ । पश्चिमी भू-भागका केहि स्थानहरुमा साथै मध्य तथा पूर्वी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना छ।

राति: देशको मध्य र पूर्वी भू-भाग लगायत पश्चिमी पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली हुनेछ। मध्य भू-भागका केही स्थानहरुका साथै पुर्वी तथा पश्चिमी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना छ।

जेठ १६ गते (शुक्रबार)

दिउँसोः देशको पहाडी भू-भागहरुमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ । पूर्वी र पश्चिमी भू-भागका केही स्थानहरु तथा मध्य पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना छ।

राति: देशको मध्य भू-भाग तथा पश्चिम र पूर्वी पहाडी भू-भागमा सामान्य बदली रहि अन्य भू-भागमा आंशिक बदली हुनेछ। मध्य र पश्चिमी भू-भागका केही स्थानहरु र पूर्वी पहाडी भू-भागका एक/दुई स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना छ।

प्रकाशित: May 27, 2020| 08:35 बुधबार, जेठ १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।