अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डेडिकेटेड र ट्रंक लाइनमार्फत् विद्युत उपयोग गर्ने उद्योगहरुको टिओडी मिटर हेरेर मात्रै अतिरिक्त महशुल असुल गर्न विद्युत् नियमन आयोग र नेपाल विद्युत् प्राधिकरणलाई सुझाव दिएको छ।
बाग्मती प्रदेशमा कोरोना संक्रमितको संख्या साढे तीन हजार नाघेको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले आज सार्वजनिक तथ्यांक अनुसार बाग्मतीमा कूल संक्रमितको संख्या तीन हजार ५७४ छ।
नेपाली राष्ट्रिय फुटबल टिमका स्टार अभिषेक रिजाल भारतीय बी डिभिजनको मोहम्मेदन स्पोर्टिङ क्लबमा अनुबन्ध भएका छन्। उनी तीन वर्षका लागि सो क्लबमा अनुबन्ध भएका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ‘इन्सिडेन्ट कमाण्ड सिस्टम’ ले सरकारको निर्णय पालना नगर्ने निजी अस्पताल तथा मेडिकल कलेज र प्रतिष्ठानहरुलाई पीसीआर परीक्षणको अनुमति खारेज गर्ने निर्णय गरको छ।