बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दक्षिणकाली नगरपालिकाले स्वास्थ्यकर्मीलाई भन्यो- सात दिनभित्र कोठा छोड्नू

दक्षिणकाली नगरपालिकाले स्वास्थ्यकर्मीलाई भन्यो- सात दिनभित्र कोठा छोड्नू

दक्षिणकाली नगरपालिका कार्यालयले स्वास्थ्यकर्मीलाई कोठा छोड्न निर्देशन दिएको छ।
 |  बुधबार, भदौ ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३, २०७७

काठमाडौं- दक्षिणकाली नगरपालिका कार्यालयले स्वास्थ्यकर्मीलाई कोठा छोड्न निर्देशन दिएको छ।

कार्यालयले चाल्नाखेल प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत ४ जना स्वास्थ्यकर्मीलाई ७ दिनभित्र कोठा छोड्न भन्दै पत्र काटेको छ।

साउन ३२ गतेको कोरोना रोकथाम तथा नियन्त्रण नगरपालिकास्तरीय समन्वय समितिको निर्णयअनुसार सो ठाउँमा आइसोलेसन सेन्टर निर्माण गर्ने निर्णय भएकाले स्वास्थ्य केन्द्रमा बस्दै आएका स्वास्थ्यकर्मीलाई कोठा छोड्न भनिएको पत्रमा उल्लेख गरिएको छ।

नगरपालिकाका प्रमुख योजना अधिकृत तथा सूचना अधिकारी दीपक कुमार केसीले कोरोना संक्रमितलाई राख्ने ठाउँ नभएपछि स्वास्थ्य केन्द्रको भवनमा राख्न लागिएको नेपाल समयलाई बताए। ‘त्यसैले केन्द्रमा आइसोलेसन राख्नुपर्ने हुँदा स्वास्थ्यकर्मीले कोठा छोड्नुपर्ने अवस्था आएको हो।’ उनले भने।

अहिलेसम्म सो क्षेत्रमा हाल ९ जना कोरोना संक्रमित भएकाले उनीहरुलाई राख्न अन्य ठाउँ नभएपछि बैठकले नै स्वास्थ्य केन्द्रलाई आइसोलेसन बनाउने निर्णय गरेको उनले जानकारी दिए।

स्वास्थ्यकर्मीको कोठा व्यवस्थापनमा सहजीकरण गर्ने उनले बताए।

प्रकाशित: Aug 19, 2020| 18:25 बुधबार, भदौ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।