सोमबार, वैशाख २१, २०८३

पर्सामा कोरोना संक्रमित महिलाको मृत्यु

पर्सामा कोरोना संक्रमित एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ।
 |  बुधबार, भदौ ३, २०७७

जियालाल साह

जियालाल साह

बुधबार, भदौ ३, २०७७

पर्सा- पर्सामा कोरोना संक्रमित एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ।

National life

मृत्यु हुनेमा वीरगंज महानगरपालिका वडा नम्बर ४ रेश्मकोठी बस्ने ४० वर्षीया फातिमा बेगम रहेको नारायणी अस्पतालका चिकित्सक डा. निरज सिंहले बताए।

विगत ३/४ दिनदेखि विर्तामा रहेको अलि अर्थो ट्रमा सेन्टरमा उपचार भईरहेको उनलाई हिजो मंगलबार वीरगंज हेल्थ केयरमा पठाएको थियो।

कोभिड अस्पतालमा उपचारको क्रममा उनको आज साझ मृत्यु भएको चिकित्सक डा. सिंहले बताए।

उनलाई श्वासप्रश्वासमा समस्या थियो। भेन्टिलेटरको सहायतामा पनि उनलाई बचाउन नसकिएको डा. सिंहले बताए।

यो संगै पर्सामा कोरोनाबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ भने कोरोना संक्रमितको संख्या ३४६ महिलासहित १ हजार ६०६ जना पुगेको छ।

प्रकाशित: Aug 19, 2020| 20:25 बुधबार, भदौ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।