बिहीबार, भदौ ११, २०८३

जिपको ठक्करबाट दुई जना प्रहरी जवानको मृत्यु

पोखराको पस्याङ्मा सवारी दुर्घटनामा परी मोटरसाइकलमा गस्ती गरिरहेका दुई प्रहरी जवानको ज्यान गएको छ ।
 |  बुधबार, भदौ ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३, २०७७

पोखराको पस्याङ्मा सवारी दुर्घटनामा परी मोटरसाइकलमा गस्ती गरिरहेका दुई प्रहरी जवानको ज्यान गएको छ ।

ग१ब ३६९ नंकोे मोटरसाइकल गस्तीमा रहेका प्रहरीलाई सोही दिशाबाट आउँदै गरेको ग२च २६२६ नम्बरको बोलेरो जिपले ठक्कर दिँदा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए।

हमालका अनुसार दुर्घटनामा परेका प्रहरी जवान पाल्पा घर भएका २० वर्षका चन्द्रबहादुर बगालेको घटनास्थलमै मृत्यु भएको हो । अर्का घाइते बर्दिया घर भएका प्रहरी हवल्दार ३४ वर्षीय डम्बरबहादुर थारुको उपचारको क्रममा आज मृत्यु भएको हो ।

उनीहरु दुवै वडा प्रहरी कार्यालय बैदाममा कार्यरत थिए । जिप चालक धादिङ जिल्ला धुनीबेशी गाउँपालिका–५ घर भई कास्कीको पोखरा महानगरपालिका–२३ बस्ने विशाल केसीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरीरहेको छ ।

प्रकाशित: Aug 19, 2020| 18:58 बुधबार, भदौ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।