बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सिन्धुपाल्चोक पहिरोमा परी मृत्यु हुनेको संख्या २५ पुग्यो, १४ जना अझै बेपत्ता

सिन्धुपाल्चोक पहिरोमा परी मृत्यु हुनेको संख्या २५ पुग्यो, १४ जना अझै बेपत्ता

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा गत शुक्रबार खसेको पहिरोमा परी हराइरहेका थप एक जनाको शव फेला परेको छ।
 |  बुधबार, भदौ ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३, २०७७

काठमाडौं– सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा गत शुक्रबार खसेको पहिरोमा परी हराइरहेका थप एक जनाको शव फेला परेको छ। यससँगै पहिरोमा परी मृत्यु हुनेको संख्या २५ जना पुगेको छ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका अनुसार आज दिउँसो चार वर्षीय सोनम भनिने समराज दोङको शव फेला परेको हो।

पहिरोमा परेकामध्ये अझै १४ जना हराइरहेका छन्। उनीहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ।

गत शुक्रबार खसेको पहिरोमा पुरिएर बेपत्ता ३९ जना बेपत्ता भएका थिए। 

प्रकाशित: Aug 19, 2020| 19:59 बुधबार, भदौ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।