काठमाडौं– प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई हटाउने सरकारको निर्णयमा सर्वोच्च अदालतले रोक लगाएको छ।
सर्वोच्चतले अध्यक्ष परिवर्तन गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो।
न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले प्रेस काउन्सिलको नियमावली परिवर्तन गर्दै कार्यवाहक अध्यक्ष परिवर्तन गर्ने निर्णय कार्यान्वयन रोक्न अन्तरिम आदेश जारी गरेको हो।
सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले अन्तरिम आदेश जारी भएको भन्दै आदेशको पूर्णपाठ आइनसकेको बताए।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले श्रेष्ठलाई हटाएर दुर्गा भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको थियो।
सरकारको उक्त निर्णयविरुद्ध चेतनाथ धमलाले रिट दायर गरेका थिए।
