बिहीबार, भदौ ११, २०८३

कैलालीमा बिहीबार मध्यरातदेखि निषेधाज्ञा

कैलालीमा बिहीबार राति १२ बजेदेखि निषेधाज्ञा लागू हुने भएको छ।
 |  बुधबार, भदौ ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३, २०७७

धनगढी- कैलालीमा बिहीबार राति १२ बजेदेखि निषेधाज्ञा लागू हुने भएको छ।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको अध्यक्षतामा बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले भदौ १४ गतेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।

सो अवधिमा औषधि, खाद्यवस्तु र अत्यावश्यकीय वस्तु खरिदको कामका लागि बाहेक बाहिर निस्कन पाइने छैन। अत्यावश्यक कामका लागि पनि बाहिर निस्किँदा मास्क अनिवार्य लगाउनुपर्नेछ ।

अत्यावश्यकीय सामा ढुवानी, स्वास्थ्यकर्मी र सुरक्षा निकाय बाहेक अन्य निजी तथा सार्वजनिक सवारी सञ्चालनमा समेत रोक लगाइएको छ ।

सम्पूर्ण व्यापार व्यवसाय समेत सञ्चालनमा रोक लगाइने जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

यस्तै डिपार्टमेन्ट स्टोर, सैलुन, व्युटीपार्लर, जिमखाना, फुटपाथमा संचालन हुने व्यापार, होटल तथा रेष्टुरेन्ट खोल्न पाइने छैन।

खाद्यान्न, तरकारी, दूध, फलफूल, मासुको हकमा सुरक्षाका मापदण्ड पालना गरी खोल्न सकिनेछ ।

प्रकाशित: Aug 19, 2020| 18:29 बुधबार, भदौ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।