बिहीबार, भदौ ११, २०८३

प्रधानमन्त्रीको अध्यक्षतामा सीसीएमसी बैठक जारी

कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएसी) को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ।
 |  बुधबार, भदौ ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३, २०७७

काठमाडौं– कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएसी) को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसिरहेको छ।

कोरोना नियन्त्रण, रोकथाम र उपचार सम्बन्धमा थप रणनीति बनाउन र व्यवस्थापन मिलाउन बैठक बसिरहेको हो।

बैठकमा कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि विशेष निर्णय हुन सक्ने बुझिएको छ।

यसअघि मंगलबार सीसीएमसीको अनौपचारिक बैठकमा देशभर आइसोलेसन केन्द्र र क्वारेन्टिन स्थल बढाउनुपर्ने विषयमा छलफल भएको थियो।

मन्त्रीहरुले पछिल्लो समय बढ्दै गएको संक्रमणको अवस्थालाई ध्यानमा राखेर थप कदम चाल्नुपर्ने देखिएको धारणा राखेका थिए।

कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले स्थानीय प्रशासनलाई नै आवश्यक व्यवस्था गर्न दिने निर्णय गरिसकेको छ।

उक्त निर्णयसँगै देशका विभिन्न जिल्लामा पूर्ण र आशिंक रुपमा निषेधाज्ञा जारी भइरहेका छन्।

प्रकाशित: Aug 19, 2020| 19:10 बुधबार, भदौ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।