बिहीबार, भदौ ११, २०८३

एक हप्ताभित्र ५ हजार क्षमताको आइसोलेसन कक्ष बनाइने

संघ, प्रदेश र काठमाडौं उपत्यका स्थानीय तहको सहकार्यमा आगामी एक हप्ताभित्र पाँच हजार क्षमताको आइसोलेसन कक्ष निर्माण गरिने भएको छ।
 |  बुधबार, भदौ ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३, २०७७

काठमाडौं- संघ, प्रदेश र काठमाडौं उपत्यका स्थानीय तहको सहकार्यमा आगामी एक हप्ताभित्र पाँच हजार क्षमताको आइसोलेसन कक्ष निर्माण गरिने भएको छ।

काठमाडौं कामपाका प्रमुख विद्यासुन्दर शाक्यले आज (बुधबार) एक अपिल जारी गर्दै पछिल्लो समय काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढिरहेको भन्दै त्यसको व्यवस्थापनका लागि आइसोलेसन निर्माण गर्ने तयारी गरेको जानकारी दिएका हुन्।

अपिलमार्फत नागरिकलाई अनुरोध गर्दै प्रमुख शाक्यले नागरिककै साथ र सहयोहको कारण यस अघि गरिएको लकडान पूर्ण रुपमा सफल भएको भन्दै अबको समय थप जटील बन्दै गएकाले भीडभाड नगरी पुनः सहयोग गर्न पनि आग्रह गरेका छन्।

भीडभाडबाट नै कोररोना भाइरसको संक्रमणम बढ्ने हुनाले अत्यावश्यक कामका लागि मात्रै बाहीर निश्कन पनि अपिल गरिएको छ। रासस

प्रकाशित: Aug 19, 2020| 21:05 बुधबार, भदौ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।